ताजा खबर

श्रमलाई सम्मान गर्ने बानीको बिकास गरौँ ः सांसद डाँगी 


घोराही, २३ असार ।
प्रदेशसभाका सदस्य अमरबहादुर डाँगीले श्रमको सम्मान भए मात्रै देश संबृद्धीको दिशामा अघि बढ्ने बताउनुभएको छ । गरिबी निबारण कोषले आज घोराहीमा गरेको कार्यक्रममा बोल्दै सांसद डाँगीले श्रमको सम्मान तथा परम्परागत सिपलाई आधुनिकीकरण गर्नै पर्ने बताउनुभयो ।

 

अरुको नक्कल गर्ने र आफ्नो पुख्र्यौली पेशालाई आधुनिक रुप दिन नसक्दा समृद्धिको यात्रामा जान नसकिएको उहाँको भनाई छ । डाँगीले कृषि, पर्यटन, ब्यबसायलाई ध्यान दिन सकिएमा संघीय, प्रदेश र स्थानीय तहले कल्पना गरे जस्तो समृद्ध हुन धेरै समय नलाग्ने बताउनुभयो ।

 

यस्तै कार्यक्रममा अर्का प्रदेश सभा सदस्य उत्तरकुमार वलीले गरिबीको दर घटाउन प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अगाडि सारेको बताउनुभयो । गरिब जनताको संख्या घटाउन प्रदेश सरकारले नीति तथा कार्यक्रम अगाडि सारेको भन्दै स्थानीय सरकारले त्यसको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

 

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा रहेका स्थानीय तहका प्रमुख एवं प्रतिनीधि, गरिबी निबारण कोषसंग आबद्ध समुह तथा प्रतिनीधि, पत्रकारहरुको सहभागीता रहेको थियो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले

SITENAME

सरकारको बिरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

दाङ, १५ साउन । सरकारको काम जनबिरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकबादउन्मुख भएको भन्दै

SITENAME

मुख्यमन्त्री र सभामुखसहित सबैको सुविधा बिधेयक पारित 

बुटवल, १४ साउन । प्रदेश ५ को आजको प्रदेशसभा बैठकले सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यको पारिश्रमिक सम्बन्धी बिधयेक