ताजा खबर

घोराहीको न्यायीक समितिमा २ सय ४६ मुद्धा, १ सय २ मिलापत्र

SITENAME


घोराही, २४ असार ।
घोराही उपमहानगरपालिकामा रहेको न्यायीक समितिमा वितेको एक बर्षमा झण्डै साढे २ सय विभिन्न प्रकृतिका मुद्धा दर्ता भएका छन् । स्थानिय सरकारको हैसियतमा एक बर्ष पहिले नयाँ अभ्यासबाट अघि बढेको नयाँ संरचनामा पिडितहरुलाई न्याय दिनका लागि न्यायीक समितिको संरचना स्थापना भएको थियो ।

 

स्थानिय सरकारको उपप्रमुख न्यायीक समितिको संयोजक रहने व्यबस्था रहेको छ । घोराही उपमहानगरपालिकामा एक बर्षमा विभिन्न प्रकारका २ सय ४६ वटा मुद्धाहरु न्यायका लागि दर्ता भएका छन् । 

 

ति मध्य १ सय २ मुद्धाको किनारा लागेको र बाँकी १ सय ४४ वटा मुद्धा प्रकृयामा रहेको न्यायीक समितिका संयोजक सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो । दर्ता भएका मुद्धाहरुमा सबै भन्दा धेरै जग्गा बिबादका ९८ वटा रहेका छन् भने थोरै एउटा लिखत बदरको निबेदन परेको छ ।

 

समितिमा परेको ९८ वटा जग्गा बिबादमा २५ वटा मिलापत्र भएको छ भने ७३ वटा प्रकृयामा रहेको छ । त्यसैगरी लेनदेनका ५० वटा मुद्धामा २७ वटा मिलापत्र भएको छ भने सम्बन्ध बिच्छेदका १२ मुद्धा मध्य ८ वटा मुद्धालाई अदालतमा पठाइएको समिति संयोजक न्यौपानेले बताउनुभयो ।

 

यस्तै ३३ वटा घरेलु हिंसाका मुद्धा परेकोमा १७ वटा किनारा लागेको भने १६ वटा प्रकृयामा रहेको छ । कुलो नाला पानीका ६ वटा मुद्धा परेकोमा ४ वटा बिबाद समाधान भएको र २ वटा प्रकृयामा रहेको छ । 

 

त्यसैगरी, घरभाडामा ८ वटा मुद्धामा ३ वटा समाधान भएको र ५ वटा प्रकृयामा मै रहेको समितिले जनाएको छ । अंश मुद्धाका ६ वटा उजुरीमा ३ वटा फैसला भएको र ३ वटा प्रकृयामा  रहेको छ । 

 

वाताबरणका २ वटा मुद्धामा एउटा टुंगो लागेको छ । गाली बेइज्जतीमा २ वटा मुद्धा परेकोमा एउटा किनारा लागेको छ भने अन्य बिभिन्न प्रकारका २६ वटा मुद्धामा १२ फैसला  र १४ वटा प्रकृयामा रहेको समितिले जनाएको छ ।

 

न्यायीक समितिले बर्षौ पुराना बिबादहरुलाई मिलाउन सफल भएको बताएको छ । जग्गाकाका धेरै लामो समय देखीको बिबाद समाधान गर्दै पिडितलाई न्याय दिईएको संयोजक न्यौपानेले बताउनुभयो । त्यसैगरी बुढेसकाल सम्म पनि नपाएको नागरिकता दिलाउन सफल भएको, जन्मदर्तामा देखिएको समस्या समाधान गरिएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

दुई वर्ष सम्ममा पनि निरक्षरका लागि बजेट नआउँदा काम गर्न असहज

घोराही, ३२ असार । शिक्षा विकास तथा समन्वय इकाई दाङले यस आर्थिक बर्षमा ९३ प्रतिशत भौतिक र ९१ प्रतिशत वित्तिय प्रगति गरेको जानकारी दिएको छ । इकाईले आज

सर्पदंशबाट विरामी परेका ४ वर्षिय बालकको ज्यान गयो

तुलसीपुर, ३२ असार । दाङमा शर्पदंशबाट एक जना बालकको ज्यान गएको छ भने एक जना बालिका गम्भिर बिरामी परेकी छिन् । ज्यान जानेमा तुलसीपुर ८ अश्वारा निबासी

SITENAME

बिषालु च्याउ खाँदा सैघाका दुईको निधन 

घोराही, ३२ असार । गएको शुक्रबार बिषालु च्याउ खाएर गम्भिर बिरामी भएका घोराही उपमहानगरपालिका वडा नम्बर १९ पाँचपोखरीका दुई जनाको निधन भएको छ । बिषालु