ताजा खबर

करको दायरा बढाउन व्यवसाय अनुगमन

SITENAME



घोराही, २६ असार ।
घोराही उपमहानगरपालिकाको बजार क्षेत्रका अधिकांस साना व्यावसायहरु दर्ता विना संचालन भएको पाइएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५,  उद्योग वाणिज्य संघका प्रमुख तथा पदाधिकारीको अनुगमनका क्रममा व्यावसायीक बिभिन्न पसलहरु दर्ता बिना संचालन भएको तथा दर्ता गरिएका पसलको नविकरण नगरिएको पाइएको हो । 

 

व्यावसायीक हक हित तथा संरक्षणका लागि उद्योग वाणिज्य संघमा, स्थानीय विकासका लागि स्थानीयतहमा, अनुदान कार्यक्रमका लागि घरेलुतथा साना उद्योग कार्यालयमा र आन्तरिक राजस्व कार्यालयमा व्यावसायीक दर्ता नविकरण गर्नुपर्ने भएपनि जिल्लाका अधिकांश साना व्यावसायीहरु दर्ता विना संचालन भएको उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायणप्रसाद भुषालले जानकारी दिनुभयो । 

 

करको दर भन्दा पनि दायरा बढाउनुपर्छ र सबै व्यावसायीलाई करको दायरामा ल्याउनका लागि अनुगमन गरिएको अध्यक्ष भूषालले बताउनुभयो । अहिले यहाँ ९ हजार बढी व्यावसाय संचालन भैरहेको भएपनि चार हजार ४५ व्यावसाय मात्र दर्ता प्रक्रियामा सामेल भएका छन् । 

 

मंगलवार घोराही उपमहानगरपालिका वडा नं. १५ दिपशिखा चोक छेउछाउका करिव २३ बिभिन्न होटेल, किराना पशल, सिलाइकटाई सेन्टर, मिल तथा खाद्य उद्योगको अनुगमन गरिएको थियो । जसमा धौलुवा खाद्य उद्योग तथा एलविएस आयल मिल एण्ड गल्ला पशल मात्र दर्ता र नविकरण गराएको पाइएको थियो । अनुगमनका क्रममा दर्ता तथा नविकरण विना संचालन व्यावसायीहरुलाई यही साउन पाँच गते सम्म वडा कार्यालय घोराही उपमहानगरपालिकाको कार्यालय तथा उद्योग वाणिज्य संघका दर्ताका लागि आउन आग्रह गरिएको छ । 

 

घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश प्रसाद पाण्डेयले सम्पूर्ण साना तथा ठुला व्यावसायीहरुलाई करको दायरामा आउन आग्रह गर्नुभयो । ठुला व्यावसायको तुलनामा अधिकासं साना व्यावसायहरु द्यर्ता विना संचालन भएको र दर्ता गरेकाहरुले पनि नविकरण नगरेको पाइएको भन्दै व्यावसाय दर्ता तथा नविकरण गर्न आग्रह गर्नुभयो । उहाँले घोराही उपमहानगरपालिकाको समग्र विकासका लागि सम्पूर्ण व्यावसायीहरु कदको दायरामा आउनुपर्ने वताउनुभयो । 

 

उपमहानगरपालिका क्षेत्रमा साना तथा ठुला सबै व्यावसायहरु दर्ता गरेर मात्र संचालन गर्न‘भयो । आर्थिक वर्ष २०७४÷०७५ मा घोराही उपमहानगरपालिकामा लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको बताउदै राजस्वको दायरामा कडाई गर्नुपर्ने वताउनुभएको छ । उपमहानगरपालिका वाट पाउने सेवा सुविधा संगै उपमहानगरपालिका भित्र हुने व्यावसायलाई पनि नियमसंगत तरिकाले संचालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

 

यसका साथै वडा अध्यक्ष पाण्डेयले कर व्यवस्थापन सम्बन्धी प्रत्येक वडामा अन्तर्रक्रिया कार्यक्रमको आयोजना गरिएको रेडियो, पत्रपत्रिकामा सूचना तथा जानकारी प्रकाशन तथा प्रशारण गर्ने वताउनुभयो । अनुगमनमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषाल, घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेय, उपमहानगरपालिका कृष्ण केसी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

हेलिकोप्टर दुर्घटनाः डोल्माको जिवितै उद्दार

 दाङ, २३ भदौ / नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।   गोरखाबाट

SITENAME

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

दाङ,१ भदौ । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो । गृह मन्त्रालयले समयमा काम पूरा

SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।