ताजा खबर

दिलबहादुरलाई बचाउन साउदीबाट आठ लाख, हालसम्म ४० लाख 

SITENAME


रोल्पा, २६ असार ।
ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहनुभएका रोल्पाका दिलबहादुर घर्ती मगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट आठ लाख रकम संकलन भएको छ । आदिबासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष हुम सुनारी मगरको नेतृत्वमा साउदीबाट दिलबहादुर घर्तीको जीवन रक्षाका लागि आठ लाख २७ हजार एक सय १८ रुपियाँ संकलन भएको हो । 

 

साउदी अरबमा संकलित रकम नेपाल मगर संघले आज पत्रकार सम्मेलन गरेर ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरेको छ । संकलित रकम मगर संघका अध्यक्ष नबीन रोका मगर र नेपाली प्रबासी समाजका पूर्व अध्यक्ष रामप्रसाद सापकोटाले ‘दिलबहादुर घर्ती बचाउनका लागि ब्लडमनी संकलन अभियान’ मूल आयोजक समितिका सदस्य तथा दिलबहादुरकी पत्नी मनिका बुढालाई हस्तान्तरण गर्नुभएको हो ।  

 

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई बर्षदेखि साउदीको जेलमा रहनुभएको छ । उहाँले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाई मृतकका परिवारलाई दुई लाख २५ हजार रियाल करिब ६५ लाख रुपैया) क्षतिपूर्ति दिन फैसला गरेको छ । 

 

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो । पत्रकार सम्मेलनमा दिलबहादुर घर्तीकी पत्नी मनिका बुढाले आफ्नो श्रीमान जेलबाट सकुशल मुक्त हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

 

दिलबहादुरको जीवन रक्षाका लागि मूल समितिको नाममा खोलिएको खातामा ४० लाख रकम जम्मा भएको छ । हिजो साउदी अरबबाट प्राप्त रकमसहित बैंक खातामा ४० लाख पुगेको मनिका बुढाले जानकारी दिनुभयो । ‘४० लाख पुग्यो, अझै २५ लाख बाँकी छ,’ उहाँले भन्नुभयो, ‘सहयोग अझै उठ्नेमा आशामा छु ।।’
 

प्रतिकृया दिनुहोस
SITENAME

सडक मर्मत तथा निर्माण हुदै 

घोराही, ६ असोज / घोराही उपमहानगरपालिका—१९ को वडा कार्यालयसम्म पुग्नका लागि सडक मर्मत कार्य सुरु भएको छ । बर्षाका कारण जीर्ण रहेका सडक मर्मत कार्य

SITENAME

आर्थिक र सामाजिक विकासको आधार सहकारी

घोराही, ६ असोज / आर्थिक र सामाजिक विकासको आधार नै सहकारी भएकोमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सिसा सगुन बचत तथा ऋण सहकारी संस्था घोराहीको

SITENAME

बालिका बाबुबाट बलात्कृत

घोराही, ६ असोज / दाङमा छोरीलाई जवरजस्तीकरणी गरेको अभियोगमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।  तुलसीपुर उपमहानगरपालिका ५ की १३ वर्षीया बालिकालाई