ताजा खबर

उपकुलपतिको भ्रमण नीतिगत नभएको दावी

SITENAME


घोराही, २७ असार ।
नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीले उपकुलपति कुलप्रसाद कोइरालाकोक्यानडा भ्रमण नीतिगत नभएको दावी गरेका छन् । शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले आज घोराहीमा पत्रकार सम्मेलन गरी कोइराला नीति नियम विपरित अटेर गरेर बिदेश भ्रमणमा जान खोज्दा विश्वविद्यालयको नै बदनाम् भएको बताउनुभएको छ । 

 

उपकुलपति राजनीतिकरुपमा विवादमा आउनु, नीति नियमबाहिर रहेर काम गर्न खोज्नु र कुलपतिबिरुद्ध जथाभावी बोल्नुले विश्वविद्यालयको शिर झुकाएको ढकालले बताउनुुभयो । उपकुलपति कोइरालाले बिधि अनुसार काम गर्न नखोज्दा बिभिन्न नकारात्मक परिणामहरु देखापरेको उहाँले दावी गर्नुभयो । 

 

विश्वविद्यालयको ऐन नियममा रहेर काम गर्न पटकपटक सुझाउँदा पनि उहाँले मनोमानीढंगले काम गर्न खोजेको ढकालको आरोप छ । नियम अनुसार कुलपतिबाट स्विकृती लिनुको साटो शिक्षा मन्त्रालयमा चिठी छोडेर बिदेश जान खोज्नु प्राज्ञिक काम नभएको ढकालको आरोप छ ।

 

संस्कृत सम्मेलनमा सहभागी हुन बिदेश गएका व्यक्तीहरु एक जना पनि संस्कृत बिषयका बिज्ञ नभएको र उनीहरुलाई पठाउनेबारे कार्यकारी परिषद्बाट निर्णय पनि नभएको ढकालले बताउनुभयो । 

 

विश्वविद्यालयका कूलसचिव कात्तिकेय झाँले पनि उपकुलपतिले प्रक्रिया नपु¥याएर विदेश भ्रमण गर्न खोजेको बताउनुभयो । कार्यकारी परिषद्मा निर्णय नगरी र सरकारी प्रक्रिया नपु¥याएर बिदेश जान खोज्दा विश्वविद्यालय नै अनाबश्यक विवाद्मा तानिएको उहाँले बताउनुभयो । 

 

क्यानडा जाने क्रममा कोइरालालाई शनिबार विमानस्थलबाटै फिर्ता गरिएको थियो । विमानस्थलबाट अपहरणको शैलीमा प्रहरीले नियन्त्रणमा लिई प्रधानमन्त्री कार्यालयमा राखेको भन्दै कोइरालाले यसप्रति आपत्ति प्रकट गर्नुभएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

सल्यानमा वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड 

सल्यान ६ कार्तिक । वर्ल्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोट स्थीत टावरमा तोडफोट भएको छ । गएराती वर्ल्ड लिंक इन्टरनेटको

SITENAME

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

लमही, ६ कार्तिक । दाङको  लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई

घोराही, ३१ असोज घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक