ताजा खबर

मायालुको पर्खाईमा बसेको बेला असिना पानी परेपछि.........................

SITENAME

 

करिब ३ घण्टाको भईसकेको थियो मायालुको पर्खाईमा बसेको । प्रेमीकाको पर्खाइमा बसेको बेलामा असिना पानी आएपछि प्रेमीले उनको प्रेमीकालाई समयमा किन नआएको भनेर भने त्यसपछि उनिहरुबिच केहिबेर भनाभन भयो । तर यो कुनै बास्तविक घटना होइन यो त तिजको गितमा समेटीएको कथा हो ।  

दर्शक अनि स्रोताहरुको लागि यो सालको तीजमा पनि मनको डुकढुकि मेटाउन नेप्को इन्टरटेन्मेनतले तीजको कोसेली असिना पानि बजारमा आएको उमा गिरीको प्रस्तुतिमा यस्तो कथाबस्तु समेटीएको छ । 

 

उमा गिरीका सबैजसो गितमा स्वर दिएका खुमन अधिकारीले यसपालिको तिजमा पनि उमालाई साथ दिएका छन् । गायक खुमनले उमालाई तिजमा मात्र हैन अन्य गितहरुमा समेत साथ दिएका छन् । ‘मुटुनै हल्लीयो, “ ‘झ्यालको पर्दा खोल” ,’डाक्टर साव’, “पुर्णीमाको जुन”, “खोटी कर्म” जस्ता लोक गित र नक्कली गहनाले पल्कायो चोर” लगाएतका तिजको गितमा गायक खुमन अधिकारीले साथ दिएका छन् । 

 

नक्कली गहनाले पल्कायो चोर अध्याधिक स्रोत तथा दर्शकले मन पराएपछि गायक खुमन अधिकारी र गायिक उमा गिरीको तीज विशेष लक्षित गरी नेपाली नारीहरुको महान पर्व तिजको पुर्व सन्ध्यामा असीना पानी बोलको गित लिएर आएका छन् ।

 

तिजको भाकामा रहेको असीना पानी गीत सार्वजनिक भएको छ । तीज नजिकिदै गर्दा संगितिक क्षेत्रमा तीज विशेष सांगीतिक चहलपहल सुरु हुनु सामान्य हो । केही वर्षयता तीजका भाकामा महिला र पुरुषको उत्तिकै सहभागि भएर तीजको कोशेली सार्वजनिक गर्न लागि परेका छन् ।

 

“असीना पानी”मा लय तथा शब्द नेत्र अर्यालको रहेको गीतमा उमालाई खुमन अधिकारीले साथ दिएका हुन् । गीत ‘ असीना पानी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो । उमा र खुमनको स्वरमा रहेको असीना पानी बोलको गीत भिडियोको छायाङ्कन करण चैसीरले गरेका छन भने निर्देशन एकिन्द्र सारा शंकरको रहेको छ भने सम्पादन अमर साकयाले गर्नुभएको छ ।

 

उमाका पछिल्ला गित बजारमा निकै चर्चा पाउन थालेका छन् । उनले नेपालमा मात्र नभएर विदेशमा समेत श्रोता र दर्शकको राम्रै माया बटुल्न सफल भएकी छन् । भिडियोमा जेम्स बिसी अनि पुर्णिमा श्रेष्ठको दमदार अभिनय रहेको छ । पुरा भिडियो हेर्नुहोस्.......https://www.youtube.com/watch?v=4PL_cmlzV_U

प्रतिकृया दिनुहोस
SITENAME

सरिता महादेवको शरणमा 

जीतसागर जी.एम.  दाङ ,भदौ । लोक तथा लोकपप गायिका सरिता प्रजापति तीज नजिकिँदै जाँदा भजन कृतनमा व्यस्त भएका छिन् । उनले मन्दिरमा गएर हर हर महादेव भन्दै

SITENAME

तिजको गित पनि गाउने भयो शालीकराम (भिडियो सहित)

  जीतसागर जी.एम. घोराही, १ भदौ साली हो बरको छाँयाले । निद लाग्दैन, भोक लाग्दैन तिम्रो माँयाले । गितबाट चर्चामा आउन सफल गायक शालीकराम चौधरीले

SITENAME

करार अवधि सकिएपछि सबै कमेडी सिरियल बन्द

    नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेका हास्यटेलिश्रृंखलाहरु लामो समयदेखि बन्द छन् । फलस्वरुप आठ बजेको समाचारपछिको पिक टाइममा टेलिभिजनले कुनै