ताजा खबर

बिषालु च्याउ खाँदा सैघाका दुईको निधन 

SITENAME


घोराही, ३२ असार ।
गएको शुक्रबार बिषालु च्याउ खाएर गम्भिर बिरामी भएका घोराही उपमहानगरपालिका वडा नम्बर १९ पाँचपोखरीका दुई जनाको निधन भएको छ । बिषालु च्याउ खाएर बिरामी भएर उपचारका लागि कोहलपुर मेडिकल कलेजमा बिरामी भएका दुई जनाको निधन भएको वडा सचिब भिमबहादुर केसीले जानकारी दिनुभएको छ । 

 

बिषालु च्याउ खाएर बिरामी भएका पाँचपोखरीका अन्दाजी २० बर्षका बालाराम घर्ती र ५ बर्षकी प्रसंशा घर्तीको निधन भएको छ । अन्य पाँच जना गम्भिर बिरामी भएको वडा सचिब केसीले जानकारी दिनुभएको छ । 

 

यस्तै मीनराज घर्ती, धनकली घर्ती, चित्रबहादुर घर्ती, ईउसरा घर्ती र गोमा घर्ती गम्भिर बिरामी रहेको वडाध्यक्ष हर्कबहादुर घर्तीले जानकारी दिनुभएको छ । तीन परिवारका सबै सदस्यले च्याउ खाएर बिरामी भएपछि कोहलपुर मेडिकल कलेजमा उपचारका लागि गएका थिए । 

 

यसैबीच वडाध्यक्ष घर्ती केहीबेरमा कोहलपुर जान लाग्नुभएको छ । च्याउ खाएर बिरामी भएका परिवारलाई भेट्न तथा उनीहरुको उपचारमा सहयोग गर्न कोहलपुर जान लागेको वडा सचिब भिमबहादुर केसीले जानकारी दिनुभएको छ ।। 
 

प्रतिकृया दिनुहोस
SITENAME

आज माघे सक्रान्ती धुुमधामका साथ मनाईदै

घोराही १ माघ/ आज माघ १ गते माघी पर्ब मनाइदै छ । हिन्दु धर्मावलम्बीहरुले बिषेश रुपमा मनाइरहेका छन् । थारु र मगर समुदायले बिशेष रुपमा मनाए पनि अन्य

सवारी दुुर्घटनमा १ मृत्युु, २ जना गम्भिर घाईते

घोराही, १ माघ/ दाङमा आज  छुट्टाछुुटै सवारी दुुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने २ जना गम्भिर घाइते भएका छन् । लमही नगरापालिका–५ रातोडाँडामा आज

SITENAME

राप्ती स्वास्थ्य प्रतिष्ठानका कर्मचारी आन्दोलित

घोराही, १ माघ/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले सरकारद्वारा सञ्चालित सेवाहरुको निरन्तरताको माग गरेका छन् । प्रतिनिधि