ताजा खबर

दुई वर्ष सम्ममा पनि निरक्षरका लागि बजेट नआउँदा काम गर्न असहज

SITENAME


घोराही, ३२ असार ।
शिक्षा विकास तथा समन्वय इकाई दाङले यस आर्थिक बर्षमा ९३ प्रतिशत भौतिक र ९१ प्रतिशत वित्तिय प्रगति गरेको जानकारी दिएको छ । इकाईले आज घोराहीमा समिक्षा कार्यक्रमको आयोजना गरि यस आर्थिक बर्षभित्र गरेका कामको बारेमा जानकारी दिएको हो ।

 

इकाईका शाखा अधिकृत देवमणि चौधरीले बार्षिक बजेट ४० करोड ९१ लाख १७ हजार १ सय ५३ रुपैयाँ रहेकोमा ३७ करोड ८ लाख ५३ हजार ६ सय १७ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । 

 

इकाई प्रमुख सूर्यराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय क्षेत्रध सुधार कार्यक्रम तर्फ पूँजीगत ९० प्रतिशत भौतीक र विद्यालय क्षेत्र विकास कार्यक्रममा चालु तर्फ ९५ प्रतिशत प्रगति गरेको शाखा अधिकृत चौधरीले बताउनुभयो । 

 

कार्यक्रममा समन्वय इकाई प्रमुख घिमिरेले भर्ना अभियानमा कति बालबालिका विद्यालय आए भन्ने बारेमा एकीन बिबरण तयार नभएको जानकारी दिनुभयो । गत बर्षको शैक्षिक सत्रमा जिल्ला भरी १ हजार १ सय ३४ जना बालबालिका विद्यालय बाहिर रहेको सर्वेक्षणले देखाएको थियो ।

 

तिनै बालबालिकाहरुलाई विद्यालयमा ल्याउन पहिलो प्राथमिकता दिएको भन्दै उहाँले सबै क्षेत्रका विद्यालयबाट एकीन बिबरण आईनसकेको उहाँको भनाई छ । समन्वय ईकाईले दुई आर्थिक बर्ष पहिलेको भर्ना दर र निरक्षरताको तथ्यांक प्रस्तुत गरेको छ । 

 

भर्ना दर तथा साक्षरता प्रतिशत २०७३÷७४ को तथ्यांक अनुसार १२ हजार ५ सय १९ जना व्यक्ति दाङमा निरक्षर रहेका थिए । वितेको दुई आर्थिक बर्ष सम्म पनि ति निरक्षरहरुको अबस्था के छ भन्ने बारेमा कार्यक्रम र बजेट नहुदा काम गर्न नसकिएको समन्वय ईकाईले जनाएको छ ।।  
 

प्रतिकृया दिनुहोस
SITENAME

भिख माग्नेलाई एक हजार जरिवाना, एक महिना जेल

मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै हौं । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित,

युवा दिवसमा ४० जनाद्वारा रक्तदान

घोराही, २७ साउन । १९ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अबसरमा आज घोराहीको भिक्टोरिया कलेजमा रक्तदान गरिएको छ । कलेजको ब्यबस्थापन र कलेजमा गठित रोट्रयाक

SITENAME

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रदिप मज्गैँया सम्मानित 

घोराही, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैँयालाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको