ताजा खबर

दोस्रो बिहेका श्रीमानसंग चिनजान नै छैन् : निरमाया

SITENAME


जीतसागर जी.एम.

जीवनमा संगै बाँँच्ने संगै मर्ने संगै सहयात्रा गर्नका लागि श्रीमान श्रीमतीको बैबाहिक जीवनको शुरुवात हुन्छ । सुखदुखमा  एक अर्कालाई साथ दिदैँ परेका समास्यालाई समाधान गर्नेगरी बैबाहीक सम्बन्धकोे शुरुवात हुन्छ । त्यसैले पनि भनिन्छ होला श्रीमान श्रीमती एकै रथका दुई पाङ्ग्रा हुन् । यस्तै संगै जीउने बाचा गरी बाग्लुङको जैमिनी नगरपालिका–५ का निरमाया पुन र प्रेमबहादुर पुन बिच आज भन्दा करिब दुई दशक अघि बैवाहीक जीवनको शूरुवात भयो ।

 

श्रीमान प्रेमबहादुर भारतिय प्रहरीमा कार्यरत रहेको र श्रीमती निरमायाले घरको धन्दामा व्यस्त रहने यसरी नै बैवाहीक जीवन सुखमय चलिरहेको थियो । बिवाह बन्धनमा बाँधीएको करिब १० वर्ष सम्म निरमाया र प्रेमबिचको सम्बन्ध निकै राम्रो थियो । तर त्यसपछिका दिनमा भने निरमायालाई श्रीमानले कमाएको पैसा नदिने र बिरामी पर्दा पनि सहयोग नगर्न थालेपछि निरमायालाई दुई छोराछोरीको पालन पोषणमा समस्या हुन थाल्यो ।

 

 तैपनि निरमायाले हरेस खाईनन् आफ्नो दैनिकी जसरी भएपनि चलाउँदै गईन । श्रीमानले किन यस्तो गर्न थाले भनेर श्रीमतीले शंका गर्न थालेपछि उनिहरु बिचमा सम्बन्धको दुरी बढ्न थाल्यो । तरपनि श्रीमानले आफ्नो केहि कुरा खोलेनन् र निरमायाका श्रीमान आफ्नो जागिर तिर लागे । त्यसपछि निरमाया र प्रेमबहादुर बिच हुने सम्बादले निरन्तरता पाउन सकेन् । एक दिन दुई दिन गर्दै महिना बित्यो ।

 

 लामो समयसम्म श्रीमानसंग कुराकानी नभएपछि निरमायाले श्रीमान भएको ठाउँमा जाने निधो गरिन् । गाउँले दिदीको सहारामा श्रीमान भएको ठाँउमा पुग्न पनि सफल भईन् निरमाया । श्रीमानले जागीर खाएको ठाँउमा पुगेपछि निरमायाले सबै कुरा खोलीन् । त्यसपछि त्यहाँको प्रशासनले निरमायालाई अब पेन्सन आधा–आधा हुन्छ भने  तर श्रीमानले पेन्सन तिन ठाँउमा भाग लगाउनुपर्छ भनेपछि कुरा भनेपछि निरमायाको जीवनले फरक मोड लियो ।

 

त्यसपछि मात्रै थाहा भयो निरमायालाई श्रीमानले कान्छी श्रीमती बिहे गरेछन् निरमाया र प्रेमबहादुरलाई कर्मचारी पनि भने पेन्सन तिन ठाँउमा हँुदैन् तिन ठाँउमा गराउन खोज्नुभयो भने पेन्सन रोक्का हुन्छ । त्यसपछि प्रेमबहादुरले पोखराबाट प्रकाशित हुने नादा टाइम्स पत्रिकामा आफ्नो श्रीमती निरमाया दाङको दिपक घर्ती संग बिहे गरेको र उनले बयान दिएको गराएर मेरो निरमाया संग बिहे भएको २ वर्ष भयो । पोखराको एक दलाल महिलाले भारतमा बेच्न लगेको भन्ने खबर प्रकाशित भयो ।

 

निरमाया भन्छीन्– मेरो नक्कली लोग्ने बनाउने पत्रिका संग श्रीमानको  मिलेमतो छ , पैसाको प्रलोभनमा मेरो मानहानी हुने गरि पत्रिकामा नचिनेको मान्छेसंगको बिहे भएको गराईयो । निरमायाको नक्कली खबर छापिएसंगै पत्रिकाको विरुद्ध प्रेश काउन्सीलमा मुद्धा परेपछि पत्रिकाको प्रकासन बन्द पनि भयो ।

 

 निरमाया जिल्ला प्रशासन कार्यालय बाग्लुङमा श्रीमानविरुद्ध बहुविवाहको मुद्धा दर्ता गरेपछि श्रीमान प्रेमबहादुर र उनको कान्छी श्रीमतीलाई प्रहरीले पक्राउ गरेपनि सामान्य धरौटीमा छोडेको निरमायाले बताईन् । त्यतिबेला सम्म पेन्सनमा आएको रकम बन्द नै थियो । त्यसपछि पेन्सन श्रीमानले निकालेको थाहा पाईन निरमायाले ।

 

निरमायाले किन कसरी पेन्सन श्रीमानले निकाले भन्दा कर्मचारीले निरमायालाई तपाईको अर्कैसंग विवाह भएको फैसलाको कागज लिएर तपाईका श्रीमानले जम्मा रकम निकाल्नुभयो भनेपछि निरमाया फेरी छाँगाबाट खसेझैँ भईन् ।

 

अदालतले कसरी गराईदियो निरमायाको विहे 

बाग्लुङ जिल्ला अदालतमा श्रीमान बिरुद्ध बहुविवाहको मुद्धा दर्ता गरेकी निरमायाले मुद्धाको पैसला पर्खिरहेको समयमा उनीबिरुद्ध दाङ साविक हंशपुर वडा नम्बर ३ को दिपक घर्तीकी श्रीमतीले दाङ देउखुरी जिल्ला अदालतमा मुद्धा दर्ता भएको थाहा भयो । दाङ देउखुरी जिल्ला अदालतले उनिबिरुद्ध मुद्धा दर्ता गर्ने दिपककी श्रीमती चेता घर्तीमगरको पक्षमा वि.स. २०७४ साल जेठ २९ गते फैसला गरेपछि अहिले निरमायासंग २ नाबालक छोराछोरी बाहेक अरु केहि छैन् ।

 

निरमाया दिपकको श्रीमती भनेर दाङ देउखुरी जिल्ला अदालतका तत्कालीन न्यायधिस चुरामण खड्काको इजलासले दिपककी जेठी श्रीमती चेताको पक्षमा फैसला गरेको थियो । अचम्म त के छ भने चेताले निरमायालाई दिपकको कान्छी श्रीमती बनाईपाउँ भनेर मुद्धा दर्ता गरेको पिडित निरमाया बताउँछीन् ।

 

निरमायाका श्रीमानले कान्छी श्रीमती बिहे गरेपछि बहुविवाह जिल्ला अदालत बाग्लुङमा मुद्धा दर्ता गरेकी निरमायको पक्षमा मुद्धा फैसला हुन त सकेन् अझै अदालतले नचिनेको मान्छेसंग बिवाह गराईदियो झनै अन्यायमा परेको छु प्रदेश टुडेकर्मिसंग भनिन् । गाउले मान्छेको कुरा कसले पो सु्न्छ र सबै पैसाको पछि छन् उनले भनिन् ।

 

 अदालतले नक्कली श्रीमान बनाएपछि उनी अहिले न्याय खोज्दै विभिन्न निकायमा पुग्ने गरेकी छन् । उनले भनिन्–तपाईले न्याय पाउनुपर्छ भनेर सबैले भन्छन् तर कहिले सम्म न्याय पाउने हुँ । उनले भनीन्– न्याय दिने न्यायालय सम्म बलियोको पछि लाग्यो , अदालतको फैसला श्रीमानको पक्षमा आयो अव कहाँ जानु ।

 

 अदालतले नक्कली श्रीमान बनाएपछि निरमाया न्याय पाउने आशामा अहिले बाक्लो फाईल बोकेर उच्च अदालत तुलसीपुरमा पुग्नु भएको छ । निरमायाले दाङ देउखुरी जिल्ला अदालतले गरेको फैसला उल्टाउन माग गर्दै उच्च अदालत तुलसीपुरमा २०७४ साल साउन १६ गते मुद्धा दर्ता गरेकी थिईन् ।

 

 करिब एक वर्ष पुग्न लाग्दा निरमायाको मुद्धा विचारधिन अवस्थामै रहेको छ । न्यायको खोजीमा रहेकी निरमाया दाङ महिनामा ६÷७ पटक आउदा भएको सम्पत्ति पनि सकिएको उनी बताउँछीन् । अदालतले आफ्नो मानहानी गरेको भन्दै निरमायाले शुक्रबार घोराहीमा पत्रकार सम्मलेन गरी दोषिलाई कार्वांही र क्षतिपुर्तीको माग गरेकी छन् ।

 

 दाङ देउखुरी जिल्ला अदालतले गरेको फैसलाले आफ्नो व्यक्तिगत जीवनमा मानहानी गरेको बताईन् । दिपकको श्रीमती चेता घर्तीमगरले दर्ता गरेको मुद्धा दाङ देउखुरी जिल्ला अदालतका तत्कालीन न्यायधिस चुरामण खड्काको एकल इजलासले आफुलाई दिपकको कान्छी श्रीमती भनेर २०७४ जेठ २९ गते फैसला गरेपछि अन्यायमा परेको उनले बताईन्

 

दाङ देउखुरी जिल्ला अदालतको फैसलाले आफ्नो व्यक्तिगत जीवनमा मानहानी भएको र गाली बेइजती भएको भन्दै उच्च अदालत तुलसीपुरमा मुद्धा दर्ता उनको भनाई छ । मुद्धा दर्ता गरेको करिब १ वर्ष पुग्न लाग्दा समेत अझै पनि बिचाराधिन अवस्थामै रहेका कारण न्याय पाउन सकिएला त भन्ने प्रश्नमै छिन् निरमाया ।।

प्रतिकृया दिनुहोस
SITENAME

हेलिकोप्टर दुर्घटनाः डोल्माको जिवितै उद्दार

 दाङ, २३ भदौ / नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।   गोरखाबाट

SITENAME

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

दाङ,१ भदौ । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो । गृह मन्त्रालयले समयमा काम पूरा

SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।