ताजा खबर

दाङमा ४ सय ९५ जोडिको छोडपत्र

SITENAME


घोराही, १ साउन ।
दाङ देउखुरी जिल्ला अदालतमा वितेको आर्थिक बर्षमा २ हजार ३ सय ५ वटा बिभिन्न मुद्धा दर्ता भएको छ । ति मुद्धा मध्य १ हजार ४ सय ७१ वटाको फच्र्यौट भएको अदालतले जनाएको छ ।

 

अदालतले आज पत्रकार सम्मेलन गरि बर्षभरी गरेका कामको बारेमा सार्वजनिक गर्दै एक आर्थिक बर्षभरी २ हजार १ सय ३३ वटा मुद्धा अनुमान गरेकोमा २ हजार ३ सय ५ वटा मुद्धा परेको न्यायाधिस हेमन्त रावलले जानकारी दिनुभयो ।

 

वितेको आर्थिक बर्षमा सबै भन्दा धेरै मुद्धा सम्वन्ध बिच्छेदको परेको छ । गत बर्षको साउन १ गते देखी असार अन्तिम सम्म ६ सय ४० वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएकोमा ४ सय ९५ जोडी अलग अलग भएका छन् ।

 

त्यसैगरी, जवरजस्ती करणीमा ५६ वटा मुद्धा परेको र २५ वटा फच्र्यौट भएको न्यायाधिस रावलले जानकारी दिनुभयो । लागु औषधका २८ मुद्धामा १३ फाच्र्यौट, मानब बेचबिखनका २ वटा परेकोमा दुइ वटै फच्र्यौट घरेलु हिंसामा ३ वटा मुद्धा परेकोमा एउटा फच्र्यौट भएको अदालतले जनाएको छ ।

 

जिल्ला न्यायाधिस रावलले अन्य मुद्धाको तुलनामा सम्बन्ध विच्छेद र जवरजस्ती करणीका मुद्धाहरु बढ्दो अबस्थामा देखिएको बताउनुभयो । २०७२ सालमा सम्बन्ध बिच्छेदका ३ सय ९३ मुद्धा परेकोमा ३ सय ९ जोडिले सम्बन्ध तोडेका थिए भने २०७३ मा ५ सय २७ निबेदनमा ४ सय १८ जोडिले सम्बन्ध बिच्छेद गरेका थिए ।

 

त्यसैगरी, २०७२ सालमा ५० वटा जवरजस्तीकरणीको मुद्धा परेको थियो भने २०७३ सालमा ५१ र २०७४ सालमा ५६ वटा मुद्धा परेको जिल्ला अदालतले जनाएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।

SITENAME

बाँकी पाँच प्रदेश नामाङ्कन कहिले ?

घोराही, १९ साउन । मुलुक संघियतामा गएको लामो समय भइसक्दा समेत ५ प्रदेशको नामाकरण अझै हुन सकेको छैन । गण्डकी र कर्णालीबाहेक सबै प्रदेश आफ्नो नम्बरकै

SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले