ताजा खबर

बेलझुण्डिमा २४ करोडको रंगशाला

SITENAME


घोराही, ९ साउन ।
दाङको बेलझुण्डीमा खेलकुद रंगशाला निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको २४ करोड रुपैयाँ बढिको लागतमा बेलझुण्डी एथलेटिक्स ट्रयाक एण्ड फिल्ड निर्माण हुने भएको हो । उक्त रंगशाला २४ करोड २४ लाख ४५ हजार २ सय ९० रुपैयाँको लागतमा बन्ने भएको छ ।

 

रंगशालाको आज प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महराले शिलान्यास गर्नुभएको छ । 


सेन्थेटिक एथलेटिक्स ट्रयाक, फुटबल मैदान, नाली, भिआईपी प्याराफिट निर्माण, खेलाडी चेञ्जिङ्ग रुम, बैठक कक्ष, भिआईपी र मिडिया घर निर्माण सँगै साधारण प्याराफिट निर्माण हुने छ । 

 

रंगशाला निर्माणको ठेक्का दिवा÷एम÷ए÷ प्रतिष्ठा कन्ट्रक्सन जे.भि काठमाण्डौँले पाएको छ । ८ महिना भित्र काम सक्नुपर्ने छ । रंगशालाको शिलान्यास गर्दै सभामुख महराले दाङलाई खेलकुदको केन्द्रकारुपमा विकासको प्रकृया अघि बढेको बताउनुभयो ।

 

कार्यक्रमलाई सम्वोधन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आउदो मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा आफूहरु रहेको भन्दै शिलान्यास गरिएको रंगशालामा प्रतियोगिताको समापन आयोजना गरिने जानकारी दिनुभयो । सोही कार्यक्रम मै तुलसीपुरलाई स्पोर्ट सिटीको रुपमा समेत घोषणा गरिएको छ ।।
 

प्रतिकृया दिनुहोस

स्वर्ण पदक बिजेता नेपालीलाई भोली अभिनन्दन गरिदै 

घोराही, १८ कार्तिक / भारतमा सम्पन्न भएको बिश्वकप च्याम्पीयनसीप युनिफाइट मार्सल आर्ट प्रतिष्पर्धामा स्वर्ण पदक बिजेता दाङका कृष्ण नेपालीलाई भोली

युनाईटेडलाई तरुण कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत/ तुलसीपुर, २४  असोज / दाङ तुलसीपुर अरनीको मैदानमा सम्पन्न जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ को उपाधी युनाईटेड युथ क्लब

SITENAME

मंसिर अन्तिम साता नवलपुर कप फुटबल हुने

घोराही, २० असोज / आगामी मंसिरको अन्तिम साता दाङको घोराहीमा केशरसिंह श्रेष्ठ स्मृती आमन्त्रण फुटबल प्रतियोगिता नवलपुर कप २०७५ हुने भएको छ । नवलपुर