ताजा खबर

यात्रु बस त्रिशुलीमा खस्दा ७ जनाको मृत्यु 

SITENAME


घोराही, ११ साउन ।
पृथ्वीराजमार्ग अन्र्तगत चितवनको ईच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा ट्रकसँग यात्रुबस ठोक्किएर भएको दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।


 
ज्यान गुमाउनेमा चार पुरुष, एक बालक र दुई महिला रहेका छन् । ज्यान गुमाउने मध्ये हालसम्म तीन जनाको मात्र पहिचान खुलेको छ । पहिचान खुल्नेमा तनहुँ भानु नगरपालिका  ५ का २७ वर्षीय सुमीत श्रेष्ठ, तनहुँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र काठमाडौँ बस्ने रबीन गुरुङ रहेका छन् ।

 

घाईते १७ मध्ये ११ जनाको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा सात जना र मनकामना अस्पतालमा चार जनाको उपचार भैरहेको छ । त्यस्तै पाँच जनालाई उपचारको लागि पोखरा लगिएको छ भने अन्य एक जनाको धादिङ्को गजुरीमा उपचार भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

 

काठमाडौंबाट पोखराका लागि छुटेको ना ६ ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका ३ तुम्लिङटारमा मध्यान्ह १२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।। 
 

प्रतिकृया दिनुहोस

निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

दाङ, ६ कात्तिक । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) आज देखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी

SITENAME

हेलिकोप्टर दुर्घटनाः डोल्माको जिवितै उद्दार

 दाङ, २३ भदौ / नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।   गोरखाबाट

SITENAME

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

दाङ,१ भदौ । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो । गृह मन्त्रालयले समयमा काम पूरा