ताजा खबर

ज्योतिपुञ्ज विद्यालय द्धारा तीन सय बिरुवा रोपण

SITENAME


घोराही, ११ साउन ।
घोराही उपमहागरपालिका १५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले बृक्षारोपण गरेको छ । शिक्षक र विद्यार्थीहरुले आज तीन सय बढी बिरुवा रोपेका हुन् ।

 

घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर स्थित स्यालीपानी सामुदायिक वन क्षेत्रको खाली जग्गामा टीक, चिउरी, सिमल, लाकुरी, मसला लगायतका रुख प्रजातिका बिरुवा रोपिएको 
विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।

 

आवश्यक बिरुवा जिल्ला वन कार्यालय दाङले उपलब्ध गराएको थियो । पढाइसँगै विद्यार्थीहरुलाई अतिरिक्त सामाजिक कार्यमा संलग्न गराउने उद्देश्य अनुसार बृक्षरोपणको योजना बार्षिक कार्यक्रममा राखिएको विद्यालयले जनाएको छ । 

 

विद्यार्थीहरुलाई प्रत्यक्ष संलग्न गराएर बृक्षरोपण गरिदा उनीहरुले वन तथा  वातावरणका बारेमा थाह पाउनुका साथै अहिले भइरहेको जलवायु परिवर्तन र त्यसको न्यूनिकरणकालागि विद्यार्थीहरुले खेल्न सक्ने भूमिकाका बारेमा जानकारी हुने प्रिन्सिपल अधिकारीले जानकारी दिनुभयो । 

 

बृक्षरोपण कार्यक्रममा बोल्दै स्यालापानी वन समूहका अध्यक्ष गुरुप्रसाद शर्माले वन समूहले चरिचरण बन्द गर्ने र वन हेरालु परिचालन गरी संरक्षण गरिने  बताउनुभयो । बृक्षरोपण कार्यक्रममा विद्यालय शिक्षक, कर्मचारी, विद्यार्थी र सामुदायिक वन समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।।

प्रतिकृया दिनुहोस
SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।

SITENAME

बाँकी पाँच प्रदेश नामाङ्कन कहिले ?

घोराही, १९ साउन । मुलुक संघियतामा गएको लामो समय भइसक्दा समेत ५ प्रदेशको नामाकरण अझै हुन सकेको छैन । गण्डकी र कर्णालीबाहेक सबै प्रदेश आफ्नो नम्बरकै

SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले