ताजा खबर

प्रधानमन्त्री समक्ष तुलसीपुरका समस्या

SITENAME


तुलसीपुर, ११ साउन । 
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुलसीपुरका विभिन्न समस्या राख्नुभएको छ ।

 

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटघाटका क्रममा नगरप्रमुख पाण्डेले तुलसीपुर विमानस्थल सञ्चालन, स्थानीय तहमा कर्मचारी व्यवस्थापन र नेपाल संस्कृत विश्वविद्यालयको व्यवस्थापन लगायतका विषयमा कुरा राख्नुभएको थियो । प्रधानमन्त्री ओलीले तुलसीपुरको समस्याबाट आफु परिचित रहेको भन्दै आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।


    
यसैगरी नगरप्रमुख पाण्डेले कानुनको अभावमा स्थानीय तहले प्रभावकारी ढँगले काम गर्न नसकेको भन्दै तत्काल कानुनी अड्चन फुकाउनेतर्फ अगाडि वढ्न आग्रह गर्नुभयो ।

 

उहाँले भेटका क्रममा तुलसीपुरमा वृहत लगानीका योजना सञ्चालनका वारेमा समेत छलफल गर्नुभएको थियो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि पहल गर्ने वताउँदै विमानस्थल सञ्चालनका लागि सम्वन्धित मन्त्रालयबाट जानकारी लिने बताउनुभयो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल प्रेस युनियन दाङको अध्यक्षमा सुबेदी 

घोराही, २३ असोज/ नेपाल प्रेस युनियन दाङको अध्यक्षमा सन्तोष सुबेदी चयन हुनुभएको छ । युनियनको आज भएको अधिवेशनले सुवेदीको अध्यक्षता २१ सदस्यीय नयाँ

SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले

SITENAME

सरकारको बिरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

दाङ, १५ साउन । सरकारको काम जनबिरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकबादउन्मुख भएको भन्दै