ताजा खबर

खच्चडकै भरमा सामान ढुवानी

SITENAME


जाजरकोट, १३ साउन ।
डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग पढ्न थालेको छ । डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन नसक्दा तथा भाडादर सर्वसाधारणले थेग्न नसकेको कारण घोरेटाहरुमा अझै खच्चडबाट ढुवानी हुने गरेको छ ।

 

जाजरकोट र डोल्पामा दैनिक ४ सय भन्दा बढी खच्चडले खाद्यान्न, दैनिक उपभोग्यवस्तु र निर्माण सामग्री ओसार्ने गरेको सम्बद्ध व्यवसायी बताउँछन् । चामल, चिनी, तेल, नुन, ग्यास, दाललगायतका खाद्यान्न तथा लत्ताकपडा, पुस्तक र सिमेन्ट, छडलगायत बिकास निर्माण सामग्री घोडा–खच्चडबाटै ढुवानी गर्ने गरिएको छ । 

 

जाजरकोट र रुकुमका बिभिन्न बजारबाट दैनिक ४०० खच्चडले डोल्पा तर्फ सामान ओसापसार गर्ने गरेको खगेनकोटका पूर्णबहादुर खत्रीले बताउनुभयो । गतवर्ष सरकारले एक बर्षभित्र मोटरबाटो पु¥याउने भने पनि तल्लो डोल्पामा मात्र यातायातका साधनहरु सञ्चालन हुन सकेका छन् । 

 

जाजरकोट–दुनै सडक निर्माणमा संलग्न सैनिक कार्यदलले यो वर्षभित्र दुनैमा सडक पुग्ने बताएको छ । यातायातको साधनका रुपमा हवाई सेवा छ तर नियमित तथा भरपर्दो छैन ।। 
 

प्रतिकृया दिनुहोस

निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

दाङ, ६ कात्तिक । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) आज देखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी

SITENAME

हेलिकोप्टर दुर्घटनाः डोल्माको जिवितै उद्दार

 दाङ, २३ भदौ / नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।   गोरखाबाट

SITENAME

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

दाङ,१ भदौ । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो । गृह मन्त्रालयले समयमा काम पूरा