ताजा खबर

मुख्यमन्त्री र सभामुखसहित सबैको सुविधा बिधेयक पारित 

SITENAME


बुटवल, १४ साउन ।
प्रदेश ५ को आजको प्रदेशसभा बैठकले सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यको पारिश्रमिक सम्बन्धी बिधयेक सर्वसम्मतले पारित गरेको छ । त्यस्तै प्रदेश सभा सचिवालय सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक सम्बन्धी समितिको प्रतिवेदन पनि पारित भएको छ । 

 

पारित भएको बिधेयक अनुसार अब प्रदेश सभाका सभामुखले ५३ हजार, उपसभामुखले ५० हजार, बिपक्षी दलको नेताले ५० हजार, प्रदेश सभाका सबै दलका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सचेतकले ४८ हजार र सदस्यले ४५ हजार रुपैयाँप्रति महिना पारिश्रमिक पाउने छन् । मासिक पारिश्रमिक बाहेक प्रदेश सभाको बैठक भत्ता बापत प्रतिदिन १ हजार रुपैयाँ पाउने छन । 

 

प्रदेश सरकारका मुख्यमन्त्रीको ६० हजार ९ सय ७०, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार मासिक पारिश्रमिक निर्धारण भएको छ । मुख्यमन्त्रीका लागि उपसचिव सरहको सेवा सुविधा हुनेगरी स्वकीय सचिव १ जना, अधिकृत २ जना र प्रेस संयोजक १ जना उपलबध हुनेछन । 

 

त्यस्तै मन्त्रीले अधिकृत सरह सेवा सुविधा हुनेगरी १ जना स्वकीय सचिव र १ जना कम्प्यूटर अपरेटर राख्न पाउने छन । सबै स्वकीय सचिवालयका कर्मचारीले शुरु स्केल अनुसार मात्र तलब पाउने र सबैको पारिश्रमिक बैंक खाताबाट मात्र उपलब्ध गराईने प्रस्ताव समेत स्वीकृत भएको प्रदेश सभा सचिवालयका प्रवक्ता इश्वरीप्रसाद शर्माले बताउनुभएको छ । 

 

प्रदेशको स्थायी राजधानी र नामाकरणको माग गर्दै प्रमुख विपक्षी दल कांग्रेसले हिजोको बैठक अवरुद्ध गरेको थियो । आजको बैठकको शुरुमै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नामाकरण र स्थायी राजधानी सबैको चासोका विषय भएकाले सरकारको गम्भिर ध्यानाकर्षण भएको जानकारी दिंदै सरकारले सुझाव समिति बनाएर छिट्टै टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेपछि बैठक नियमित सञ्चालन भएको थियो ।।  
 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल प्रेस युनियन दाङको अध्यक्षमा सुबेदी 

घोराही, २३ असोज/ नेपाल प्रेस युनियन दाङको अध्यक्षमा सन्तोष सुबेदी चयन हुनुभएको छ । युनियनको आज भएको अधिवेशनले सुवेदीको अध्यक्षता २१ सदस्यीय नयाँ

SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले

SITENAME

सरकारको बिरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

दाङ, १५ साउन । सरकारको काम जनबिरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकबादउन्मुख भएको भन्दै