ताजा खबर

सरकारको बिरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

SITENAME


दाङ, १५ साउन ।
सरकारको काम जनबिरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकबादउन्मुख भएको भन्दै काँग्रेस सरकारको बिरोध गर्दै सडकमा उत्रिएको हो । 

 

दाङसहित ७७ वटै जिल्ला सदरमुकममा नेपाली कांग्रेसले आज बिरोध गर्दै सरकार बिरुद्ध नाराबाजी गरेको छ । नेपाली कांग्रेस दाङले पार्टी कार्यालयबाट निकालीएको ¥याली तुलसीपुर चोकमा पुगेर कोणसभा परिणत भएको थियो । 

 

मूल्य बृद्धी फिर्ता गर, संबिधान बिरोधी क्रियाकलाप बन्द गर, जनबिरोधी काम बन्द गर, अधिनायबादी चरित्र बन्द गर, अबैज्ञानीक कर प्रणाली खारेज गर, प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका छन् ।

 

जिल्ला पार्टी कार्यालयबाट सुरु भएको बिरोध ¥यालीले बजारको परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर कोणसभा गर्दै सरकारलाई खबरदारी गरेको छ । नेपाली कांग्रेसका नेता, पूर्ब सांसद तथा जिल्लास्तरका नेताहरुले सरकार स्वयच्छाचारी ढंगबाट अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

 

साथै नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति अक्षरस कार्यन्वयन गर्न दवाव, संघ र सातै प्रदेशसभामा सभामुख र उपसभामुख पदमा भागवण्डा, मुल्यवृद्धि नियन्त्रण लगायत विभिन्न १५ बुँदे मागमा सरकारलाई दवाव दिन भन्दै कांग्रेसले बिरोध गरेको जनाएको छ ।

 

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सांसद डिल्लीबहादुर चौधरी, अर्जुन श्रेष्ठ, पुर्ब सांसद राजु खनाल, योगेन्द्र चौधरी, सुशीला चौधरी, बुद्धिराम भण्डारी, युवा नेता कमलकिशोर घिमिरेलगाएतले बोल्नुभएको थियो ।

 

नेपाली काँग्रेस दाङका सभापति किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका बिभिन्न स्थानीय तहबाट नेपाली काँग्रेसका नेता, कार्यकर्ता, सुभेच्छुकको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाली काँग्रेसका जिल्ला सचिब टेकबहादुर वलीले गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले

SITENAME

मुख्यमन्त्री र सभामुखसहित सबैको सुविधा बिधेयक पारित 

बुटवल, १४ साउन । प्रदेश ५ को आजको प्रदेशसभा बैठकले सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यको पारिश्रमिक सम्बन्धी बिधयेक

SITENAME

प्रधानमन्त्री समक्ष तुलसीपुरका समस्या

तुलसीपुर, ११ साउन ।  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुलसीपुरका विभिन्न समस्या