ताजा खबर

थबाङ पुग्ने दुबै सडक एक महिनादेखि अबरुद्ध

SITENAME


रोल्पा, १८ साउन ।
लगातारको बर्षाका कारण रोल्पाको थबाङ पुग्ने दुबै सडक अबरुद्ध भएका छन् । सडकको विभिन्न स्थानमा पहिरो खसेपछि थबाङ पुग्ने दुबै सडक अबरुद्ध भएका हुन् । हाल थबाङका स्थानीयहरु सडक सेवाबाट बञ्चित भएका हुन् ।

 

दाङबाट होलेरी हुँदै थबाङ पुग्ने सहिद मार्गको पुत्लाचौर–थबाङ सडक खण्डको दर्जनौं स्थानमा पहिरो खसेको छ । एक महिनायता यहाँ यातायातका साधन चल्न सकेका छैनन् । यस्तै पूर्बी रोल्पाको सुलिचौर–पोबाङ हुँदै थबाङ जोड्ने सडक पनि बन्द छ । पोबाङ–उवा–थबाङ खण्ड पहिरोले क्षतिग्रस्त बनेको छ ।

 

दुबै सडक अबरुद्ध भएपछि थबाङबासी पैदल यात्रा गर्न बाध्य भएका छन् । मिरुल, उवा, थबाङ र पूर्वी रुकुमबासी सडकमा खसेको पहिरो र ढलेका रूख छिचोल्दै जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । 

 

सडक अबरुद्ध भएकाले केही साताअघि मुस्ताङ टिपर दुर्घटनामा ज्यान गुमाएकाको शब उवा लग्न सकिएन । सडक अबरुद्ध भएपछि शबको सुलिचौरमा दाहसंस्कार गरिएको थियो । गाउँमा कोही बिरामी भए डोकोमा बोकेर अस्पताल लग्नुपर्ने बाध्यता रहेको छ ।। 
 

प्रतिकृया दिनुहोस
SITENAME

सल्यानमा वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड 

सल्यान ६ कार्तिक । वर्ल्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोट स्थीत टावरमा तोडफोट भएको छ । गएराती वर्ल्ड लिंक इन्टरनेटको

SITENAME

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

लमही, ६ कार्तिक । दाङको  लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई

घोराही, ३१ असोज घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक