ताजा खबर

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

SITENAME


घोराही, १८ साउन ।
प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले समितिको बैठक बहिस्कार गरेपछि सत्तारुढ दलका दुई तिहाई बहुमत सांसदले प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गरेको हो । 

 

आज झण्डै पाँच घण्टा चलेको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि बहुमतको आधारमा जोशीलाई अस्वीकार गरिएको हो । प्रधानन्यायाधीशले जिम्मेवारी वहन सम्बन्धमा ठोस अवधारणा र कार्ययोजना प्रस्तुत गर्न नसकेको, शैक्षिक प्रमाणपत्र र जन्ममितिबारे रहेको विवाद लगायत कारण जोशीलाई प्रधान्यायाधीशमा अस्वीकार गरिएको नेकपाका तर्फबाट समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । 

 

त्यसअघि बैठकमा सत्तारुढ दलका सांसदले जोशीलाई अस्वीकार गर्ने भएपछि कांग्रेसका सांसदहरुले बैठक बहिस्कार गरेका थिए । संसदीय सुनुवाई बिशेष समितिले सिफारिस भएका ब्यक्ति अस्वीकार गरेको यो पहिलो पटक हो । 

 

बैठक बहिष्कार गर्दै कांग्रेसले सरकारले संविधान र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भएको आरोप लगाएको छ । कांग्रेसका ज्ञानेन्द्रवहादुर कार्कीले सरकारले दुई तिहाई बहुमतको दम्भमा गलत नजिर स्थापित गरेको आरोप लगाउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

सरकारको बिरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

दाङ, १५ साउन । सरकारको काम जनबिरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकबादउन्मुख भएको भन्दै

SITENAME

मुख्यमन्त्री र सभामुखसहित सबैको सुविधा बिधेयक पारित 

बुटवल, १४ साउन । प्रदेश ५ को आजको प्रदेशसभा बैठकले सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यको पारिश्रमिक सम्बन्धी बिधयेक

SITENAME

प्रधानमन्त्री समक्ष तुलसीपुरका समस्या

तुलसीपुर, ११ साउन ।  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुलसीपुरका विभिन्न समस्या