ताजा खबर

चलचित्र पत्रकार संघको बार्षिक उत्सव : ‘दाङ र चलचित्र परिपुरक’ 

SITENAME


घोराही, १९ साउन ।
दाङलाई चलचित्रको नगरी बनाउने उदेश्यका साथ चलचित्र पत्रकार संघले आगामी भदौ ४ गते बार्षिक उत्सवलाई केन्द्रित गर्ने भएको छ । संघले आज घोराहीमा पत्रकार सम्मेलन गरी भदौ ४ गते बार्षिक उत्सव मनाउने र चलचित्र क्षेत्रको बिकासमा खरोरुपमा कलम चलाउने प्रण गर्ने जनाएको हो ।

 

संघका अध्यक्ष धु्रबराज न्यौपानले भदौ ४ गते भव्यताका साथ स्थापना दिवस मनाउने र सो अबसरमा नेपाली चलचित्रमा उत्कृष्ठ नायककारुपमा स्थापित दाङका पल शाह सहितका कलाकारलाई ल्याउने जानकारी दिनुभयो ।

 

दाङलाई चलचित्र नगरीकारुपमा विकास गर्दै पर्यटकिय र आर्थिक विकासलाई टेवा पु¥याउने गरी दाङको चिनारीलाई देखाउने योजना रहेको उहाँले बताउनुभयो । दाङका प्राकृतिक सम्पदा, भुगोल, वाताबरणलाई चलचित्र निर्माण सँग जोड्ने गरी दाङलाई चिनाउन चलचित्र पत्रकारहरुले शसक्त भुमिका निभाउने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

 

कला क्षेत्रको सम्मान, विकास र जिल्लाको ऐतिहासीक महत्वहरुलाई झल्काउने र समाज रुपान्तरणमा चलचित्रको योगदान उच्च रहेको भन्ने देखाउन आफुहरुले बार्षिक उत्सबलाई केन्द्रित गरेको उहाँको भनाई छ ।

 

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, संघका संस्थापक सल्लाहकार शरद अधिकारीले चलचित्र समाज रुपान्तरणको शसक्त माध्यम भएको भन्दै यसलाई पत्रकारहरुले स्थापित गर्ने बताउनुभयो । 

 

कलाकार र चलचित्रको महत्वलाई पत्रकारहरुले बुझाउन आबस्यक रहेको भन्दै अधिकार र न्यायका लागि चलचित्रहरुलाई केन्द्रित गर्न समेत आबस्यक रहेकोमा जोड दिनुभयो । संघका कोषाध्यक्ष शिब पुनको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा धन्याबाद उपाध्यक्ष देव यादब र सहजिकरण सचिब सन्तोष केसीले गर्नुभएको थियो ।।

प्रतिकृया दिनुहोस
SITENAME

सरिता महादेवको शरणमा 

जीतसागर जी.एम.  दाङ ,भदौ । लोक तथा लोकपप गायिका सरिता प्रजापति तीज नजिकिँदै जाँदा भजन कृतनमा व्यस्त भएका छिन् । उनले मन्दिरमा गएर हर हर महादेव भन्दै

SITENAME

तिजको गित पनि गाउने भयो शालीकराम (भिडियो सहित)

  जीतसागर जी.एम. घोराही, १ भदौ साली हो बरको छाँयाले । निद लाग्दैन, भोक लाग्दैन तिम्रो माँयाले । गितबाट चर्चामा आउन सफल गायक शालीकराम चौधरीले

SITENAME

करार अवधि सकिएपछि सबै कमेडी सिरियल बन्द

    नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेका हास्यटेलिश्रृंखलाहरु लामो समयदेखि बन्द छन् । फलस्वरुप आठ बजेको समाचारपछिको पिक टाइममा टेलिभिजनले कुनै