ताजा खबर

बाँकी पाँच प्रदेश नामाङ्कन कहिले ?

SITENAME


घोराही, १९ साउन ।
मुलुक संघियतामा गएको लामो समय भइसक्दा समेत ५ प्रदेशको नामाकरण अझै हुन सकेको छैन । गण्डकी र कर्णालीबाहेक सबै प्रदेश आफ्नो नम्बरकै आधारमा चिनिएका छन् । प्रदेश १, २, ३, ५, र ७ ले अझै पनि नामाङ्कन टुङ्ग्याउन नसकेका हुन् । 

 

प्रदेश १ मा अनौपचारिक रुपमा सगरमाथा, कोशी वा किराँत लगायतका नामबारे चर्चा भएपनि सरकारका तर्फबाट नामाकरण प्रक्रिया नै शुरु भएको छैन् । प्रदेश २ को नामाकरणका लागि सासंदहरुले दवाव दिएपनि सरकारका तर्फबाट कुनै प्रक्रिया सुरु नभएको बताईएको छ ।

 

प्रदेश ३ मा बाग्मती–नारायणी, मध्य प्रदेश, नेपाल मण्डल नाम चर्चामा रहेपनि सरकारका तर्फबाट राजधानीबारे निर्णय गर्न समिति गठन भएपनि नामाकरणका विषयमा प्रक्रिया सुरु भएको छैन । 

 

प्रदेश ५ को नाम लुम्बिनी वा बुद्धभुमि राख्ने चर्चा भनिएपनि सरकारका तर्फबाट औपचारिक प्रस्ताव पेश भएको छैन् । प्रदेश ७ मा भने नामाङकन र राजधानी सुझावका लागि गठित उप समितिको म्याद पर्सी सकिँदैछ । समितिले सेती, महाकाली, खप्तड, सुन्दर सुदुरपश्चिम, वा अपि–सैपाल नाम राख्ने विषयमा छलफल भैरहेको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।

SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले

SITENAME

मंसिरबाट सर्टिफिकेट धितोमा राखेर ७ लाखसम्म ऋण, यस्तो छ तयारी

दाङ , १५ साउन । शैक्षिक बेरोजगारहरुका लागि सरकारले चालु आर्थिक वर्षबाटै शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत