ताजा खबर

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

SITENAME

जाजरकोट, २० साउन ।

जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेका जनाइएको छ ।

 

मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौवर्षीया भावना, छ वर्षीया रञ्जना र तीन वर्षीया मनिषा छन् । उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।

 

त्यस्तै, घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । मृतक अन्य २ जनाको सनाखत भएको छैन ।

 

सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा त्यहाँ चार बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ ।

 

प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा नलगाड–१ डाँडागाउँका आठवर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

सडक मर्मत तथा निर्माण हुदै 

घोराही, ६ असोज / घोराही उपमहानगरपालिका—१९ को वडा कार्यालयसम्म पुग्नका लागि सडक मर्मत कार्य सुरु भएको छ । बर्षाका कारण जीर्ण रहेका सडक मर्मत कार्य

SITENAME

आर्थिक र सामाजिक विकासको आधार सहकारी

घोराही, ६ असोज / आर्थिक र सामाजिक विकासको आधार नै सहकारी भएकोमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सिसा सगुन बचत तथा ऋण सहकारी संस्था घोराहीको

SITENAME

बालिका बाबुबाट बलात्कृत

घोराही, ६ असोज / दाङमा छोरीलाई जवरजस्तीकरणी गरेको अभियोगमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।  तुलसीपुर उपमहानगरपालिका ५ की १३ वर्षीया बालिकालाई