ताजा खबर

राप्ती उपक्षेत्रिय र अञ्चल अस्पताल निमित्तको भरमा

SITENAME


घोराही, २३ साउन ।
दाङको राप्ती उपक्षेत्रिय अस्पताल र राप्ती अञ्चल अस्पताल लामो समय देखी निमित्तको भरमा चल्दै आएको छ । दुई बर्ष पहिले देखी राप्ती उपक्षेत्रिय अस्पताल निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जनार्दन पन्थीले नेतृत्व गर्दै आउनुभएको छ ।

 

उता तुलसीपुरको राप्ती अञ्चल अस्पताल पनि डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ । अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रुपमा कार्यरत डा. भोला श्रेष्ठ डेढ वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म डा. विनोद सिंहले निमित्तको रुपमा काम गर्दै आउनुभएको छ ।

 

लामो समयदेखि अस्पतालमा मेडिकलसुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको सेवाग्राहीहरुको भनाई छ । साथै उपचार गराउने जानेहरुले अस्पताल रिफर सेन्टर मात्रै बनेको समेत गुनासो गर्ने गरेका छन् ।

 

अञ्चल अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सिंहले पर्याप्त जनशक्ति, उपकरण र भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको बताउनुहुन्छ । 

 

दाङका उपक्षेत्रिय र अञ्चल अस्पतालमा दाङ, रुकुम, सल्यान, रोल्पा र जाजरकोटलगायत जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । उचित उपचार पाउन नसकेपछि बिरामी नेपालगञ्ज, कोहलपुर, बुटवल, काठमाडौँ तथा भारत जाने गरेका छन् ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

भिख माग्नेलाई एक हजार जरिवाना, एक महिना जेल

मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै हौं । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित,

युवा दिवसमा ४० जनाद्वारा रक्तदान

घोराही, २७ साउन । १९ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अबसरमा आज घोराहीको भिक्टोरिया कलेजमा रक्तदान गरिएको छ । कलेजको ब्यबस्थापन र कलेजमा गठित रोट्रयाक

SITENAME

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रदिप मज्गैँया सम्मानित 

घोराही, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैँयालाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको