ताजा खबर

घोराहीमा वडाबाटै कर संकलन हुदै, ७ नम्बर वडामा आज देखी सुरु

SITENAME


घोराही, २३ साउन ।
घोराही उपमहानगरपालिकाले वडा स्तरबाटै कर संकलन गर्ने योजनालाई कार्यान्वयन गर्न सुरु गरेको छ । यस अघि वडा नम्बर १० बाट कर संकलन थालेको उपमहानगरले आज देखी वडा नम्बर ७ बाट पनि कर संकलनको सुरुवात गरेको हो ।

 

वडा नम्बर ७ का अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख नरुलाल चौधरीले सेवाग्राही बन्धु चौधरीलाई कर तिरेको रसिद दिएर वडाबाटै कर संकलनको सुरुवात गर्नुभएको हो ।

 

नगर प्रमुख चौधरीले बन्धु सहित लक्ष्मी केसी र लालमणि न्यौपानेलाई एकीकृत सम्पत्ती करको रसिद दिनुभयो । यस अघि एकीकृत सम्पत्ती र मालपोतको कर तिर्न वडा नम्बर ७ बासीहरु घोराही कार्यालयमा आउनु पर्ने बाध्यता थियो । 

 

कार्यक्रममा नगर प्रमुख चौधरीले कम्प्युटर प्रणालीबाट कर संकलन हुने हुदा सेवा सुरक्षित, चुस्त र छिटो छरितो हुने बताउनुभयो । घोराही उपमहानगरपालिकाले अब यसै बर्ष १९ नम्बर वडा बाहेक अन्य सबै वडाहरुबाटै कर संकलन गर्ने र नगरबासीलाई सुबिधा दिने जानकारी दिनुभयो । समय मै कर बुझाउनेलाई छुट समेत रहेको उहाँको भनाई छ । 

 

कार्यक्रममा कर तिरेपछि लालमणी न्यौपानेले वडामै कर तिर्न पाउदा पैसाको खर्च र समयको बचत भएको बताउनुभयो । वडा अध्यक्ष खोपीराम चौधरीले नागरिकहरुलाई कर तिर्न अब घोराही जानु नपर्ने र छिट्टै व्यक्तिगत घटना दर्तालाई पनि कम्प्युटर प्रणालीमा लैजाने बताउनुभयो ।

 

वडा सदस्य सुशिला चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालक बिमल योगीले गर्नुभएको थियो । वडा नम्बर ७ मा १६ सय १६ घरधुरी र ८ हजार १ सय ६६ जनसंख्या रहेको छ ।। 
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन