ताजा खबर

चार महिनामा २० बलात्कार पीडित

SITENAME


घोराही, २३ साउन ।
दाङमा चार महिनामा बलात्कारका घटनाबाट २० जना पीडित भएका छन् । पीडित मध्ये प्रायः बालिका रहेका छन् । जिल्लामा मानवधिकारको क्षेत्रमा क्रियाशिल संस्था अनौपचारिक सेवा केन्द्र इन्सेकका अनुसार वैशाख महिनामा ६ जना जबरजस्ती करणीको पीडित भएका थिए ।

 

जसमा ६ देखी १६ वर्ष सम्मका बालिका छन् । जेठमा तीन जना बलात्कृत भएकामा दुई बालिका र एक महिला पीडित भए । गत असारमा नौ बालिकामाथि जबरजस्ती करणी भएको थियो । ती बालिका ४ देखी १६ वर्षका छन् ।

 

साउनमा एक बालिका र एक महिला बलात्कृत भएका थिए । इन्सेक दाङका प्रतिनिधि जेएन सागरका अनुसार बलात्कृत हुनेमा अधिकांश बालिका रहेका छन् । चार देखि ८२ वर्ष सम्मका महिला पनि पीडित बनेका छन् ।

 

जबरजस्ती करणी गर्नेहरुमा अधिकांश परिवार र आफन्त भित्रकै भएको समेत पाईएको छ । २०७३ सालमा ४५ जना र २०७४ सालमा ३५ जना बलात्कृत भएका थिए ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन