ताजा खबर

चौरजहारी अस्पताल चारदिन देखि बन्द

SITENAME


रुकुम, २३ साउन ।
विरामीको उपचारको क्रममा मृत्यु भएपछि तनावग्रस्त बनेको रुकुम पश्चिमको चौरजहारी अस्पताल ४ दिन देखी बन्द छ । 

 

पत्थरीको समस्या भएर अस्पतालमा उपचाररत जाजरकोट भेरी नगरपालिका १३ कुदुकी यसोधा मल्ल रोकायको आइतबार मृत्यु भएपछि आक्रोसित उनका आफन्तले आइतबार र सोमबार अस्पतालमा तोडफोड गरेका थिए ।

 

डाक्टरको लापरवाहीका कारण यसोधाको मृत्यु भएको भन्दै उनका आफन्तले तोडफोड गरेपछि आइतबारदेखि अस्पतालमा उपचार सेवा बन्द छ । मृतक यसोधाको शव समेत आफन्तले बुझेका छैनन् । 

 

आफन्त र अस्पताल प्रशासनबीचमा तीन पटक भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि मृतकका आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । यहि घटनाका कारण असहज बनेको परिस्थितिका कारण सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।

 

डाक्टरको लापरवाहीको कारण यसोधाको मृत्यु भएको भन्दै उनका आफन्तले छोराछोरीको पालन पोषण र पठन पाठनको जिम्मा अस्पतालले लिनुपर्ने माग राखेका छन् । तर अस्पतालले भने निष्पक्ष छानविन समिति गठन गरी अनुसन्धान गर्न र अस्पतालको कमजोरी भेटिए क्षतिपूर्ति दिन तयार रहेको बताएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

भिख माग्नेलाई एक हजार जरिवाना, एक महिना जेल

मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै हौं । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित,

युवा दिवसमा ४० जनाद्वारा रक्तदान

घोराही, २७ साउन । १९ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अबसरमा आज घोराहीको भिक्टोरिया कलेजमा रक्तदान गरिएको छ । कलेजको ब्यबस्थापन र कलेजमा गठित रोट्रयाक

SITENAME

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रदिप मज्गैँया सम्मानित 

घोराही, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैँयालाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको