ताजा खबर

नियम उलंघन गर्ने साढे ३२ हजार सवारी साधन कार्बाहीमा

SITENAME


घोराही, २४ साउन । 
दाङमा ट्राफिक नियम विपरित सवारी चलाउनेहरुको संख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार गतवर्ष नियम विपरित सवारी साधन चलाउने ३२ हजार ७ सात सय ९२ सवारी साधन कार्बाहीमा परेका छन् । 

 

कार्बाहीमा परेका सवारी साधनबाट एक करोड ९५ लाख ६० हजार रुपैँया राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरले जानकारी दिनुभयो । गतवर्ष सबैभन्दा धेरै मोटरसाइकल नियमविपरित चलेको उहाँले बताउनुभयो ।गत वर्षमा नियमविपरित चल्ने १४ हजार ९२ मोटरसाइकल कारवाहीमा परेका छन् । जसवाट ८८ लाख १४ हजार रुपैँया राजस्व संकलन भएको छ ।

 

 ट्राफिक प्रहरी कार्यालय दाङले समय–समयमा ट्राफिक नियम सम्बन्धी सचेतनाका दिने गरेपनि ट्राफिक नियम उलंघन गर्नेहरुको संख्यामा कमी आउन सकेको छैन् । कार्यालयका अनुसार सात वटा बस, १८ वटा ट्रक, ३१ वटा जिप÷कार, २७ वटा टेक्टर, २३ वटा टेम्पो मापसे गरी चलाएको भन्दै कारवाही गरिएको छ ।। 

प्रतिकृया दिनुहोस

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई

घोराही, ३१ असोज घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक

SITENAME

चालक निदाउँदा नवलपरासीमा रात्री बस दुर्घटना

नवलपरासी ,  ४ कात्तिक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ

अबको विकास पहुँचका भरमा हैन योजनाबद्ध : सभामुख महरा

घोराही, २८ असोज । संघिय संसदका सभामुख कृष्णबहादुर महराले अबको विकास योजनाबद्ध हुने बताउनुभएको छ । विजया दशमीको अबसरमा आज घोराहीमा आयोजित सुभकामना