ताजा खबर

स्मार्ट सिटीका छाडा पशु चौपाया व्यवस्थापनमा समस्या

SITENAME


जीतसागर जी.एम.
घोराही, २६ साउन ।

खुला रुपमा पशु चौपाया छाडा छोड्ने काम अझै पनि रोकिन नसक्दा दाङका मुख्य बजार तथा सडक लगाएतका स्थानमा दुर्घटनाका जोखिम बढ्न थालेको छ भने बजारको सुन्दता पनि घट्दै गएको छ । बजारका चोक तथा गल्लीमा र सडकमा जताततै खुला रुपमा पशु चौपाया बढ्दै गएका छन् । जिल्लाको मुटू मानिने घोराही बजारमा पनि पशु चौपाया खुल्ला रुपमा छोड्ने गरिएको पाईन्छ ।

 

घोराही उपमहानगरपालिकामा जनप्रतिनिधी आएको १ पुरा भईसकेको छ तर नगरका छाडा पशु व्यववस्थीत गर्न ध्यान नदिँदा बजारमा छाडा पशुचौपाया समस्याले सताउने गरेका छन् । छाडा पशु चौपायाको व्यवस्थापन प्रभावकारी नहुँदा सडक छेउछाउका व्यापारी, पैदलयात्री , सवारी चालक लगाएतलाई समस्या भएको छ ।

 

बजारका विभिन्न स्थान तथा सडक आसपासमा हुने पशुचौपायाले पैदल यात्रु मात्र हैन सडक चल्ने सवारी साधनको आवागमनलाई समेत समस्या बनाएको लु १ ख ९३३२ का गाडी चालक मनीराम कार्की बताउँछन् । उनि भन्छनर्– सडकको बिच भागमै आएर बस्ने पशुचौपायाको न प्रहरीले हटाएको देख्छु न उपमहानगरले नै’ ।

 

घोराही लमही तथा घोराही तुलसीपुरमा दैनिक १ हजार भन्दा बढी सवारी साधन गुड्ने गरेका छन् । बजारमा दैनिक रुपमा बढ्दै गइरहेको सवारी साधनलाई छाडा पशुचौपाया चुनौतीको पर्खाल भएका छन् ।

 
र्
उपमहानगर भएपछि बजार सुन्दर बन्दै जाला भनेको थिएँ तर झनझन दिनप्रतिदिन बजार दुर्गन्धीत बन्दै गएको स्थानिय ओमभक्त भण्डारीले बताए । उनि भन्छन्र्–बजारमा  खुला रुपमा छोडीने पशु चौपायाको गोबरका कारण पनि घोराही बजार दुर्गन्धीत बन्ने गरेको छ ।’ उनले थप व्यंग्य गर्दै भने–‘चुनावका बेला स्मार्ट सिटी कुरा निकै चर्चा चलेको थियो , यही नै होला स्मार्ट सिटी ।

 

छाडा पशुचोपाया बढ्दै जाँदा यसको सहि व्यवस्थापन चुनावका बेला आएको शब्द स्मार्टसीटीलाई ठाडै चुनौती थपिदिएको छ ।

 

छाडा पशुचौपाया पाल्ने गौशाला नहुँदा समस्या

खाने र बस्ने अभावमा रहेका रोगी, घाइते, भोका तथा पानी खान समेत नपाएका दिनहुँ दुर्घटनामा पर्ने गरेका छाडा चौपायालाई पाल्ने व्यवस्था मिलाउन घोराहीमा गौशाला समेत छैन । ठूलो समस्याका रुपमा रहेका राष्ट्रिय जनावर गाई, साँढे, साना बहर तथा साँढे र त्यसको संरक्षण नगर्ने परिपाटीले गर्दा ठूलो समस्या घोराहीवासीले भोग्दै आएका छन् ।

 

बजारका चोक तथा सडकमा रहेका छाडा पशुचौपायले राखेका बिक्रि गर्न राखिएको फलफुल समेत खाने गरेका छन् । जसका कारण फुटपाथमा व्यवयाय गर्ने व्यवसायी बढी मारमा पर्ने गरेका छन् । बजारमा भएका छाडा पशु चौपायको उचित व्यवस्थापन थालेको घोराही उपमहानगरपालिकाले कार्यपालिकाको कान्जीहाउसमा पशु चौपाया पाल्दै आएको घोराही उपमहानगरपालिका बातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले बताए ।

 

उनका अनुसार खसि, बोका तथा बाख्रा तत्काल कृषकहरुले जरिभाना तिरेर लिने गरेको पाईन्छ तर गाईगोरु सम्बन्धित पशुधनिहरुले लिन आउने गरेका छैनन् । उनि भन्छन् र्– उपमहानगरले पाल्दै आएका ती गाईगोरु लिन आएमा निशुल्क दिन सकिन्छ ।’ उनले छाडा गाईवस्तु छोड्ने पशुधनी पत्ता लगाउने काम भईरहेको भन्दै थाहा पाउनसाथ उपमहानगरबाट दिने सेवाबाट बन्चित सम्म गर्न सकिने बताए । एक पछि अर्को पशुचौपाया छोड्ने काम बढ्दै गईरहेको भन्दै छाडा पशु चौपाया छोड्ने पशुधनीहरुको पहिचानमा लागेको पनि बताए । उनले भने– उपमहानगरमा गौशाला छैन् जसले गर्दा छाडा पशुचौपायाको व्यवस्थापनमा समस्या भएको छ , सकेसम्म सम्बन्धित पशुधनीलाई जिम्मा लगाउने काम गरेका छौँ अधिकांशका पशुधनी पत्ता लाग्दैन् ।

 
उपमहानगरले पशुचौपायाको व्यवस्थापन थालेपनि बजारमा पशुचौपाय कमि आउन सकेको छैन् । पशुधनीहरुले खुल्ला रुपमा पशु चौपाया छोड्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको जिल्ला ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेले बताए । छाडा छोडिएका पशुचौपायाले सवारी आवागमनमा समस्या रहेको भन्दै उनले छाडा पशुचौपायाको कारण दुर्घटनाको जोखिम बढेको बताए । उनले बजारका चोक तथा गल्लीमा पशुचौपाया खुलारुपमा पशुचौपाया नछोड्न पनि सम्बन्धित पशुधनीलाई आग्रह गरेको छन् ।

 
गाई बस्तु व्यवस्थापनमा सम्बन्धित पशुधनीले पनि सहि रुपमा व्यवस्थापन गर्न उपमहानगरले पटक पटक सुचना जारी गरेपनि कार्यान्वयन भएको देखिदैन् । छाडा पशुचौपाया जिल्लाका अन्य स्थानमा पनि पाईने गरेका छन् । घोराही, तुलसीपुर ,लमही, भालुबाङ, बिजौरी, हापुरे लगाएतका स्थानमा छाडा पशुचौपायाले सताउने गरेका छन् ।।

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार