ताजा खबर

उद्यमशिलका कार्यक्रम ल्याउन युवाहरुको स्थानिय सरकारसँग माग

SITENAME


घोराही, २७ साउन ।
दाङका युवाहरुले उद्यमशिलताका कार्यक्रम ल्याउन स्थानिय सरकारसँग माग गरेका छन् । अन्तराष्ट्रिय युवा दिवसको अबसरमा आज घोराहीमा आयोजित कार्यक्रममा युवाहरुले राज्यले भुमिकाबिहिन बनाएको समेत गुनासो गरेका छन् ।

 

युवाहरु उद्यमशिल बन्न चाहेको भन्दै स्थानिय सरकारले अब सिप, ज्ञान र अवसरको सृजना गरि देश विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । युवाहरुलाई जागिर दिनुभन्दा उद्यमशिल बनाउदै स्वरोजगार तर्फ केन्द्रित गर्न स्थानिय सरकारसँग उनिहरुले आग्रह गरेका छन् ।

 

जिल्ला युवा समिति दाङको आयोजना तथा घोराही उपमहानगरपालिका, नेपाल परिवार नियोजन संघ, युवाकार्य नेपाल, ओरेक नेपाल, सिसा दाङ, बागेश्वरी असल शासन क्लब, युएनएफपिए, नगर युवा सञ्जाल, नयाँपाईला पुर्नस्थापना केन्द्र लगायतका निकायहरुको समन्वयमा भएको कार्यक्रममा नेताहरुले आफुहरुलाई भाषणमा मात्रै सिमित राखेको गुनासो गरेका थिए ।

 

विभिन्न आन्दोलन र परिवर्तनमा युवाहरुको भुमिकालाई राजनितिक नेतृत्वले भुल्ने गरेको भन्दै उनिहरुले अब भाषणमा नभई व्यबहारमा सहभागिताको ग्यारेन्टी गर्न माग समेत गरेका छन् । युवाहरु नविन श्रेष्ठ, निशा वली, विबेक न्यौपाने, उषा न्यौपाने लगाएतकाले अधिकार र अबसरमा सहज पहुँच स्थापित गर्न स्थानिय सरकारसँग माग गर्नुभयो ।

 

युवाहरुका लागि बनेका निति राम्रो भए पनि कार्यान्वयन नहुदा त्यसको औचित्य नभएको बताउनुभयो । दैनिक युवाहरु विदेशिने, विभिन्न अपराध र कुलतमा फस्ने दृष्टान्त धेरै रहेको भन्दै अब युवाहरुलाई सकारात्क सोचमा केन्द्रित गरि उद्यमसँग जोड्न अबस्यक रहेको बताउनुभयो ।

 

जिल्ला युवा समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले युवाहरुलाई सिप, क्षमतामा दक्ष बनाई स्वरोजगारमा लगाउन स्थानिय सरकारले जिम्मा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा तङगिल मोदो संघका विबेक नेपाली र अतिस वलीले मार्सल आर्ट देखाएका थिए ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

सडक मर्मत तथा निर्माण हुदै 

घोराही, ६ असोज / घोराही उपमहानगरपालिका—१९ को वडा कार्यालयसम्म पुग्नका लागि सडक मर्मत कार्य सुरु भएको छ । बर्षाका कारण जीर्ण रहेका सडक मर्मत कार्य

SITENAME

आर्थिक र सामाजिक विकासको आधार सहकारी

घोराही, ६ असोज / आर्थिक र सामाजिक विकासको आधार नै सहकारी भएकोमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सिसा सगुन बचत तथा ऋण सहकारी संस्था घोराहीको

SITENAME

बालिका बाबुबाट बलात्कृत

घोराही, ६ असोज / दाङमा छोरीलाई जवरजस्तीकरणी गरेको अभियोगमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।  तुलसीपुर उपमहानगरपालिका ५ की १३ वर्षीया बालिकालाई