ताजा खबर

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रदिप मज्गैँया सम्मानित 

SITENAME


घोराही, २७ साउन ।
यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैँयालाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा त्रिभुवन नगर जेसिजमा स्थापना गरिएको यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट अध्यक्ष मज्गैँयालाई प्रदान गरिएको हो । 

 

त्रिभुबन नगर जेसिजले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी युवाहरुको सशक्तिकरणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै मज्गैँयालाई नगद सहिद कदरपत्रले सम्मान गरिएको हो । त्रिभुवन नगर जेसिजका अध्यक्ष लालमणी भण्डारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । 

 

पुस्कार छनौट समितिका संयोजक  मिनराज भाटले मज्गैँयाले जिल्लामा युवाका लागि पु¥याउनुभएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । मज्गैँयाले क्रिकट विकास र युवाको सशक्तिकरणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै पुस्ककार प्रदान गरिएको उहाँले बताउनुभयो । यसैबिच त्रिभुबन नगर जेसिजका पदाधिकारीले घोराही–१९का मृगौला पिडित केशरमान रोकाको सहयोगको लागि ५४ हजार सहयोग गरेका छन् । समाजसेवी युवा जगत जी.एमको नेतृत्वमा केशरमानकी श्रीमती बिमलालाई ५४ हजार नगद प्रदान गरिएको हो ।।

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन