ताजा खबर

स्थापना दिवसमा एमआरहरु द्धारा रक्तदान

SITENAME


घोराही, २९ साउन ।
नेपाल औषधी बिक्रि प्रतिनिधी संघको ४९ औँ स्थापना दिवसको अबसरमा दाङ युनिटले आज घोराहीमा रक्तदान गरेको छ । कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् । 

 

रक्तदान गर्नेहरुमा टेकबहादुर साउद, अरविन्द चन्द, शरद अधिकारी, बालाराम शर्मा, विबेक भण्डारी, बिनोद न्यौपाने, गणेश चौधरी, पितम्बर बास्तोला, प्रेम गुरुङ र दुर्गा चौधरी रहनुभएको छ । दश जनाको युनिटले रक्त सञ्चार केन्द्र घोराहीमा पुगेर रक्तदान गर्नुभएको हो ।  

 

साथै उनिहरुले घोराही बजारमा मोटरसाईकल ¥याली गरि बाह्रकुने पुगेर आफुहरुको कामको समिक्षा समेत गरेका छन् । युनिटमा आबद्ध सदस्यहरु बिच परिचयात्मक कार्यक्रम गरि सेवा प्रबाहका बारेमा समेत छलफल भएको युनिटका सहसचिब मनहरी थापाले जानकारी दिनुभएको छ । 

 

युनिटका अध्यक्ष सागर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संघका निबर्तमान अध्यक्ष धु्रब गोराथोकी, बरिष्ठ उपाध्यक्ष सञ्जय चौधरी, सचिब बसन्त घर्ती मगर, सहकोषाध्यक्ष लिलाबहादुर वलीलगाएतकाले धारणा राख्नुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन