ताजा खबर

तिजको गित पनि गाउने भयो शालीकराम (भिडियो सहित)

SITENAME

 

जीतसागर जी.एम.

घोराही, १ भदौ

साली हो बरको छाँयाले ।

निद लाग्दैन, भोक लाग्दैन तिम्रो माँयाले ।

गितबाट चर्चामा आउन सफल गायक शालीकराम चौधरीले पछिल्लो समय तिजको गित बजारमा ल्याएका छन् । करिब २०५६ सालबाट गित संगितमा लागेका शालिकरामले पछिल्लो समय हिन्ुदु नेपाली नारीको महान पर्व तीजलाई लक्षीत गरेर तीजको गित पनि गाउने भयो शालिकराम भन्ने बोलको गित बजारमा ल्याएका हुन् ।

 

क्याम्पसमा पढ्ने युवा–युवतीको माया प्रेमको कथावस्तुमा आधारित हरे शिब हरे हरे हरे राम राम, तिजका गित पनि गाउने भयो शालिकराममा गायिका तिजको गितमा गायिका रचना चौधरीले स्वरमा साथ दिएकी छन् । तीजका गित पनि गाउने भयो शालीकराम बोलको गित तिजको कोशेली केहि दिन अघि मात्रै  युट्युबमार्फत सार्वजनिक भएको छ । समसामयिक विषयमा आधारित गित भएका कारण पनि श्रोता तथा दर्शकको मन जित्ने उनले दावि गरेका छन् ।

‘क्याम्पस पढ्न जाँदाखेरी बाटो धेरैै टाढा छ ।

नआँउ, नआउ भन्दा पनि माया गाढा छ ।।’

 

जस्ता शब्दले पनि क्याम्पसमा पढ्ने युवायुवतीको प्रेमलाई प्रष्ट पारेको छ । चौतारी शितल, बग्दैछ राप्तीभेरी, घुगुती नबास लगायत करिब डेढ दर्जनमा गितमा आवाज दिएका शालिकरामको पछिल्लो कोशेली तीजका गित पनि गाउने भयो शालिकरामले पनि चर्चा कमाउने देखिएको छ । सानै उमेरमा गित संगीतमा रुचि राख्ने शालिकरामलाई साली हो बरको छाँयाँले बोलको गितले चर्चामा ल्याएको थियो ।

 

उनि भन्छन् –‘त्यो समय बजारमा यो गितले निकै चर्चा कमाएपछि मलाई झन् हौसला मिल्यो’ । विद्यालयमा हुँदा खुल्ला गित प्रतियोगितामा म दोस्रो भएँ अनि म पनि गितसंगितमा केहि गर्न सक्छु भनेर यो क्षेत्रमा लागेको हुँ उनले भने सबैको सामु परिचित हुन पाएको छु यहि नै उपलब्धि  । दाम नभएपनि नाम पाएको छु उनले भने ।  शालिकरामका नेपाली भाषाका गित मात्रै होइन् चौधरी भाषाका गितहरु पनि बजारमा छन् ।

 

गितसंगितको यात्रामा करिब डेढ दशक पार गरिसकेका गायक शालिकरामको पछिल्लो गित तीजका गित पनि गाउने भयो शालीकराम  बजारमा आएको हो । उनको प्रत्येक वर्ष कम्तीमा एक गित बजारमा आउने गरेको छ । थुप्रै गितबाट चर्चा कमाउन सफल शालीकरामको पछिल्लो तीजको यो गित भने पहिलो भएको बताएका छन् ।

 

प्राय सबै विधामा दख्खल राख्ने उनले गाएको तीज गित राम्रो र समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन् । आधुनिक विधामा रुचि बढी भएपनि आधुनिक विधाको गित पनि ल्याउने तयारी गरेको बताउँछन् । तिजको गित हरे शिब हरे हरे हरे राम राम , तीजको गित पनि गाउने भयो शालीकराम ठट्यौली भएकोले पनि युवाको मन जित्ने बताएका छन् । भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् 

https://www.youtube.com/watch?v=FCrVhNQbDZc&feature=share

 

प्रतिकृया दिनुहोस
SITENAME

सरिता महादेवको शरणमा 

जीतसागर जी.एम.  दाङ ,भदौ । लोक तथा लोकपप गायिका सरिता प्रजापति तीज नजिकिँदै जाँदा भजन कृतनमा व्यस्त भएका छिन् । उनले मन्दिरमा गएर हर हर महादेव भन्दै

SITENAME

करार अवधि सकिएपछि सबै कमेडी सिरियल बन्द

    नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेका हास्यटेलिश्रृंखलाहरु लामो समयदेखि बन्द छन् । फलस्वरुप आठ बजेको समाचारपछिको पिक टाइममा टेलिभिजनले कुनै

SITENAME

चलचित्र पत्रकार संघको बार्षिक उत्सव : ‘दाङ र चलचित्र परिपुरक’ 

घोराही, १९ साउन । दाङलाई चलचित्रको नगरी बनाउने उदेश्यका साथ चलचित्र पत्रकार संघले आगामी भदौ ४ गते बार्षिक उत्सवलाई केन्द्रित गर्ने भएको छ । संघले आज