ताजा खबर

प्रदेश स्तरिय तेक्वान्दोको नयाँ पुम्से सेमीनार शुरु

SITENAME


घोराही, ७ भदौ /
नेपाल तेक्वान्दो संघको ५ नम्बर प्रदेश स्तरिय तेक्वान्दो नयाँ पुम्से सेमीनार आजदेखि नेपालगञ्जमा शुरु भएको छ । तेक्वान्दो नयाँ पुम्से विधाका खेलाडीलाई प्रशिक्षण दिन नयाँ पुम्से सेमिनार शुरु भएको हो । 

 

सेमिनारको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नेपाल तेक्वान्दो संघका ५ नम्बर प्रदेश उपाध्यक्ष बिमला भण्डारीको अध्यक्षता तथा बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतकोे प्रमुख आतिथ्यता एवं कोरीयन प्रशिक्षक क्वान गुरुको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । 

 

बाँके तेक्वान्दो संघका अध्यक्ष नेत्र थापाको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा तेक्वान्दोका सेकेन्ड डान देखि माथिका खेलाडी, तथा डोजाङ प्रमुख र प्रशिक्षक गरि करिब एक सय जनाले सहभागीता जनाएका छन् । 

 

तीन दिन सम्म चल्ने सेमिनारमा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कबिराज खड्गीले पुम्से विधाको बारेमा जानकारी दिनभयो । उहाँले खेल क्षेत्रको विकासमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । 

 

राष्ट्रको समृद्धिका लागि खेलाडी उत्पादन र खेल क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रमको सहजीकरण नेपाल तेक्वान्दो संघका प्रदेश उपाध्यक्ष दिपक श्रेष्ठले गर्नुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

नेपालसँग मलेसिया १९ रनले पराजित 

घोराही, १६ भदौ । एसिया कप छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ । लगातार २ खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले हराएको हो ।

SITENAME

चालु आर्थिक बर्षमा बबईले खेलकुदमा ३७ लाख खर्च गर्ने 

हापुरे, ८ भदौँ । बबई गाउँपालिकाले एक बर्षमा खेलकुको बिकासका लागि ३७ लाखभन्दा बढी खर्च गर्ने भएको छ । भौतिक संरचना निर्माण तथा प्रतियोगीताका लागि ३७

SITENAME

बेलझुण्डिमा २४ करोडको रंगशाला

घोराही, ९ साउन । दाङको बेलझुण्डीमा खेलकुद रंगशाला निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको २४ करोड रुपैयाँ बढिको लागतमा बेलझुण्डी एथलेटिक्स