ताजा खबर

चालु आर्थिक बर्षमा बबईले खेलकुदमा ३७ लाख खर्च गर्ने 

SITENAME


हापुरे, ८ भदौँ ।
बबई गाउँपालिकाले एक बर्षमा खेलकुको बिकासका लागि ३७ लाखभन्दा बढी खर्च गर्ने भएको छ । भौतिक संरचना निर्माण तथा प्रतियोगीताका लागि ३७ लाख ६० हजार रकम खर्च गर्ने गरी बजेट तयार पारेको हो ।

 

गाउँपालिकाले चालु बर्षमा विभिन्न संरचना निर्माणका लागि १८ लाख ६० हजार खर्च गर्ने बजेट तयार पारेको छ भने १९ लाख रुपैया विभिन्न प्रतियोगीता गर्नका लागि बजेट बिनीयोजन गरेको छ । 

 

बिनीयोजन गरेको बजेटमध्ये बबई गाउँपालिकाले मदन भण्डारी स्टेडियमको स्तरोन्नतीका लागि १० लाख, चरकमटियामा रहेको कबर्ड हल मर्मतका लागि ५ लाख र हापुरे खेलमैदान निर्माणका लागि तीन लाख ६० हजार रुपैया बजेट ब्यबस्था गरेको अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । 

 

यस्तै बिद्यालयस्तरिय रनिङ शिल्डका लागि सात लाख, सबै वडामा वडास्तरिय खेलकुद प्रतियोगीताका लागि सात लाख रुपैया बजेट ब्यबस्था गरिएको छ । स्थानीय तहमा रहेका युवा तथा बिद्यार्थीलाई ध्यानमा राख्दै बजेटको ब्यबस्था गरेको अध्यक्ष पौडेलको भनाई छ । 

 

यस्तै अध्यक्ष कप फुडबल प्रतियोगीताका लागि दुई लाख पचास हजार र मदन भण्डारी स्मृति क्रिकेट प्रतियोगीताका लागि दुई लाख पचास हजार रुपैयाको ब्यबस्था गरिएको छ । बिनीयोजन गरिएको बजेटले खेलकुदमा आकर्षित गर्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।।
 

प्रतिकृया दिनुहोस

युनाईटेडलाई तरुण कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत/ तुलसीपुर, २४  असोज / दाङ तुलसीपुर अरनीको मैदानमा सम्पन्न जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ को उपाधी युनाईटेड युथ क्लब

SITENAME

मंसिर अन्तिम साता नवलपुर कप फुटबल हुने

घोराही, २० असोज / आगामी मंसिरको अन्तिम साता दाङको घोराहीमा केशरसिंह श्रेष्ठ स्मृती आमन्त्रण फुटबल प्रतियोगिता नवलपुर कप २०७५ हुने भएको छ । नवलपुर

SITENAME

नेपालसँग मलेसिया १९ रनले पराजित 

घोराही, १६ भदौ । एसिया कप छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ । लगातार २ खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले हराएको हो ।