ताजा खबर

नेपालसँग मलेसिया १९ रनले पराजित 

SITENAME


घोराही, १६ भदौ ।
एसिया कप छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ । लगातार २ खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले हराएको हो । नेपालले दिएको १ सय ८९ रनको लक्ष्य पछ्राएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन मात्र जोड्न सक्यो । 

 

नेपालका लागि वसन्त रेग्मीले ३ विकेट तथा सोमपाल कामी र सन्दिप लामिछानेले दुई दुई विकेट लिनुभयो । दिपेन्द्र सिंह ऐरि र सागर पुनले समान एक एक विकेट लिनुभयो ।   मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । 

 

चौंथो खेलमा नेपालले भोलि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । छनोट अन्तर्गत आजै भएको अर्को खेलमा ओमानले सिंगापुरलाई ८ विकेट तथा हङकङले यूएईलाई १ सय ८२ रनले हराएको छ । समूह चरणका ३ खेलमा २ मा हार र १ मा जित निकालेको नेपाल अंक तालिकको पाँचौँ स्थानमा छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

चालु आर्थिक बर्षमा बबईले खेलकुदमा ३७ लाख खर्च गर्ने 

हापुरे, ८ भदौँ । बबई गाउँपालिकाले एक बर्षमा खेलकुको बिकासका लागि ३७ लाखभन्दा बढी खर्च गर्ने भएको छ । भौतिक संरचना निर्माण तथा प्रतियोगीताका लागि ३७

SITENAME

प्रदेश स्तरिय तेक्वान्दोको नयाँ पुम्से सेमीनार शुरु

घोराही, ७ भदौ / नेपाल तेक्वान्दो संघको ५ नम्बर प्रदेश स्तरिय तेक्वान्दो नयाँ पुम्से सेमीनार आजदेखि नेपालगञ्जमा शुरु भएको छ । तेक्वान्दो नयाँ पुम्से

SITENAME

बेलझुण्डिमा २४ करोडको रंगशाला

घोराही, ९ साउन । दाङको बेलझुण्डीमा खेलकुद रंगशाला निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको २४ करोड रुपैयाँ बढिको लागतमा बेलझुण्डी एथलेटिक्स