ताजा खबर

नेपालसँग मलेसिया १९ रनले पराजित 

SITENAME


घोराही, १६ भदौ ।
एसिया कप छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ । लगातार २ खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले हराएको हो । नेपालले दिएको १ सय ८९ रनको लक्ष्य पछ्राएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन मात्र जोड्न सक्यो । 

 

नेपालका लागि वसन्त रेग्मीले ३ विकेट तथा सोमपाल कामी र सन्दिप लामिछानेले दुई दुई विकेट लिनुभयो । दिपेन्द्र सिंह ऐरि र सागर पुनले समान एक एक विकेट लिनुभयो ।   मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । 

 

चौंथो खेलमा नेपालले भोलि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । छनोट अन्तर्गत आजै भएको अर्को खेलमा ओमानले सिंगापुरलाई ८ विकेट तथा हङकङले यूएईलाई १ सय ८२ रनले हराएको छ । समूह चरणका ३ खेलमा २ मा हार र १ मा जित निकालेको नेपाल अंक तालिकको पाँचौँ स्थानमा छ ।।
 

प्रतिकृया दिनुहोस

युनाईटेडलाई तरुण कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत/ तुलसीपुर, २४  असोज / दाङ तुलसीपुर अरनीको मैदानमा सम्पन्न जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ को उपाधी युनाईटेड युथ क्लब

SITENAME

मंसिर अन्तिम साता नवलपुर कप फुटबल हुने

घोराही, २० असोज / आगामी मंसिरको अन्तिम साता दाङको घोराहीमा केशरसिंह श्रेष्ठ स्मृती आमन्त्रण फुटबल प्रतियोगिता नवलपुर कप २०७५ हुने भएको छ । नवलपुर

SITENAME

चालु आर्थिक बर्षमा बबईले खेलकुदमा ३७ लाख खर्च गर्ने 

हापुरे, ८ भदौँ । बबई गाउँपालिकाले एक बर्षमा खेलकुको बिकासका लागि ३७ लाखभन्दा बढी खर्च गर्ने भएको छ । भौतिक संरचना निर्माण तथा प्रतियोगीताका लागि ३७