ताजा खबर

कर बृद्धी हैन, छुटेकालाई करको दायरामा ल्याएका हौ ः चौधरी


घोराही, २० भदौ /
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कर बृद्धी नभई दायरा मात्रै बढाएको स्पष्ट पार्नुभएको छ । ग्रामीण महिला उत्थान केन्द्रले गठन गरेको सार्बजनिक नीजी समुहको घोराहीमा बसेको बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले छुटेका र दायरामा आउनु पर्ने क्षेत्रलाई नियमन गरेको तर कर बृद्धी नगरेको स्पष्ट पार्नुभएको हो ।

 

पछिल्लो समयमा कवाड र सडक कर लगाएको भन्दै उहाँले कानुन अनुसार करको दायरालाई समेटेको उहाँको भनाई छ । कानुनले दिएको अधिकारलाई कार्यान्वयन गरेको तर गुनासो आए झै घोराही उपमहानगरपालिकाले कर बृद्धी नभई दायरामा नआएकालाई ल्याएको बताउनुभयो ।

 

जनताले तिरेको करबाट सोही क्षेत्रको विकासमा लगानी गर्ने भएकाले करको पारदर्शितामा चासो राख्न आग्रह गर्दै नगर प्रमुख चौधरीले अनाबस्यक टिप्पणी गरेर जनतामा भ्रम नछर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

 

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको बैठकमा ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरीले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै हालसम्म परियोजनाले गरेका कामका बारेमा कार्यक्रम संयोजक नबीन चौधरीले सहभागीलाई जानकारी गराउनुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन