ताजा खबर

शिक्षाको गुणस्तरतामा अभिभावकको महत्वुपर्ण भुमिका

SITENAME


घोराही, २३ भदौ ।
शिक्षा क्षेत्रको सुधार गर्न शिक्षक संगै अभिभावकको पनि महत्वपुर्ण दायित्व हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । मन्टेश्वरी एशोसियसन नेपाल दाङले आज शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आज घोराहीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले यस्तो बताएका हुन् । 

 

मन्टेश्वरी एशोसियसन नेपाल दाङका अध्यक्ष संगिता गुप्ताको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा क्षेत्रमा सुधार गर्न बालबालिकालाई घरमै असल शिक्षा दिनुपर्नेमा जोड दिएका छन् । बालबालिकाको पहिलो पाठशाला घर नै भएकाकाले उनिहरुको असल तथा सकारात्मक शिक्षामा घरमा अभिभावक र विद्यालयमा शिक्षकले दिन सके शिक्षामा व्यापक सुधार ल्याउन सकिने बताएका हुन् ।

 

कार्यक्रममा उपप्रमुख न्यौपानेले आमाबुवाले घरमै असल बानी र अनुशासन सिकाउन सके विद्यालयमा सिकेको सिकाई पनि उपलब्धीमूलक  हुने बताउनुभयो । त्यस्तै घोराही उपमहानगरपालिका शिक्षा शाखा प्रमुख नारायण पौडेल, महिला मानव अधिकार रक्षक संजालकी केन्द्रिय सचिव लक्ष्मी आचार्य, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष बिमला योगी लगायतले बालबालिकालाई सानै उमेरमा असल शिक्षाको खाँचो रहेको बताउनुभयो । 

 

यसैबिच मन्टेश्वरी एशोसियसन नेपालले तिजविशेष कार्यक्रम पनि गरेको छ । पदमा विसीको स्वागत मन्तव्यबाट शूरु भएको कार्यक्रमको सहजीकरण मन्टेश्वरी एशोसियसन नेपाल दाङकी सचिव इशा शर्माले गर्नुभएको कोषाध्यक्ष पुजा गुप्ताले जानकारी दिनुभयो ।।

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन