ताजा खबर

सुरक्षाको ग्यारेण्टी गर्न बालबालिकाको माग

SITENAME


घोराही, २९ भदौ ।
दिनप्रति दिन बालबालिका असुरक्षित हुदै गएको प्रति समाज र राज्य गम्भिर नभएको बालबालिकाले गुनासो गरेका छन् । आज परेको राष्ट्रिय बाल दिवसका अबसरमा घोराही उपमहानगरपालिकाले आयोजना गरेको क्लव स्तरीय बक्तृत्वकला प्रतियोगितामा उनिहरुले बालबालिका असुरक्षित भएको गुनासो गरेका हुन् ।

 

नगर क्षेत्र भित्र रहेका प्रत्येक वडाबाट एक बालक्वलको सहभागितामा भएको प्रतियोगितामा सहभागिता जनाउदै बालबालिकाले किताबमा मात्रै अधिकार लेखिएको भन्दै बाल अधिकारको ग्यारेण्टी गर्न माग गरेका छन् ।

 

कुनै पनि स्थानमा बालबालिका सुरक्षित नभएको भन्दै उनिहरुले कानुन कार्यान्वयनमा सरकार जिम्मेवार बन्न नसकेको समेत गुनासो गरेका छन् । विद्यालय गएका बालबालिका घर सुरक्षित घर फर्कने अबस्था नदेखिएको भन्दै बालबालिकाले सुरक्षाको ग्यारेण्टी गर्दै अधिकारको अक्षरस कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

 

बालबालिका अपहरणमा परेर मृत्युबरण गर्नुपर्ने, बालिकाहरु बलात्कारको शिकार हुनुपर्ने, पढन नपाई सडकमा मागेर हिड्नुपर्ने अबस्थाको अन्त्य गर्न उनिहरुले सरकार सँग माग समेत गरेका छन् । सुखी नेपाली, सबृद्ध नेपाल ः बाल अधिकार सबैको सरोकार विषय बक्तृत्वकला प्रतियोगितामा उनिहरुले सुखी र सबृद्ध बन्न शान्तिको आबस्यक रहेकोमा जोड दिएका छन् ।

 

रहेक व्यक्तिको जीवन स्तर सधार्न आबस्यक रहेको भन्दै बालबालिकाले संबृद्धीका नालालाई बोलीमा मात्रै नभई व्यवहारमा लागु गर्न राजनितिक नेतृत्वलाई सुझाब समेत दिएका छन् । 

 

प्रतियोगितामा कल्पबृक्ष बालक्लव वडा नम्बर १३ की झरना डिसी प्रथम, सर्बोदय बालक्लव वडा नम्बर १४ का चन्द्रप्रकाश नेपाली द्धितिय र तेघरा बालक्लव वडा नम्बर ९ का सौगात नेपाली तृतिय हुनुभएको छ । 

 

प्रथम, द्धितिय र तृतियलाई क्रमश ३५ सय, २५ सय र १५ सय रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सहभागि भएका सबै बालबालिकालाई उपमहानगरले प्रशंसापत्र प्रदान गरेको छ । 

 

नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत यामबहादुर कुँवरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक भरत अर्याल, महिला बालबालिका तथा सामाजिक विकास समितिका संयोजक पशुपती चौधरी लगाएतकाले बालबालिकाको सृजनशिलताका लागि दिवसका अबसर पारेर प्रतियोगिता आयोजना गरेको बताउनुभयो । 

 

नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक शाखा प्रमुख मोतीकुमारी विश्वकर्मा र शिक्षा, युवा तथा खेलकुद महाशाखाका स्रोत व्यक्ति हुमबहादुर केसीले गर्नुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई

घोराही, ३१ असोज घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक

SITENAME

चालक निदाउँदा नवलपरासीमा रात्री बस दुर्घटना

नवलपरासी ,  ४ कात्तिक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ

अबको विकास पहुँचका भरमा हैन योजनाबद्ध : सभामुख महरा

घोराही, २८ असोज । संघिय संसदका सभामुख कृष्णबहादुर महराले अबको विकास योजनाबद्ध हुने बताउनुभएको छ । विजया दशमीको अबसरमा आज घोराहीमा आयोजित सुभकामना