ताजा खबर

पढाई सुधार्न स्थानिय सरकारलाई प्रशिक्षण

SITENAME


घोराही, २९ भदौ
गुणस्तरीय शिक्षाका लागि आधारभुत तहबाटै पढाई सुधार्न आबस्यक रहेकोमा दाङका स्थानिय सरकारका प्रमुखहरुले निष्कर्ष निकालेका छन् । नतिजा राम्रो खोज्ने तर शिक्षण सिकाईमा सुधार नगर्दाको कारण सामुदायिक विद्यालयको अबस्था खस्कीदै गएको प्रति चिन्तीत भएको स्थानिय सरकार प्रमुखहरुको भनाई छ ।

 

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय शिक्षा तथा मानब स्रोत विकास केन्द्र सानोठिमीले आज घोराहीमा जिल्लामा स्थानिय सरकार प्रमुखहरु सँग गरेको छलफलमा सरकार प्रमुखहरुले बाल शिक्षाबाटै शैक्षिक सुधारको आबस्यक रहेको निष्कर्ष निकालेका हुन् ।

 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता सिग्देल न्यौपानेले शैक्षिक सुधारमा स्थानिय सरकारलाई चुनौती सँगै जिम्मेवारी आएको बताउनुभयो । सामुदायिक विद्यालयहरु रित्तिदै गएको प्रति उहाँले बाल शिक्षाबाटै शैक्षिक सुधारका योजना अब स्थानिय सरकारले कार्यान्वयनमा ल्याउने बताउनुभयो । 

 

तल्लो कक्षाबाटै शैक्षिक सुधार हुन नसके माथिल्लो तहमा सुधार ल्याउन कठिन हुने भन्दै उहाँले बालबालिकालाई सामुदायिक विद्यालय प्रति आकर्षित गर्न मुख्यकुरा बालमैत्री पढाई नै भएको धारणा राख्नुभयो ।

 

कार्यक्रममा केन्द्रका निर्देशक घनस्याम अर्यालले अहिले पनि १ देखी ५ कक्षा सम्मका ३ प्रतिशत बालबालिका शिक्षाको पहुँच बाहिर रहेको बताउनुभयो । बिद्यालय शिक्षाको पहुच बृद्धी भएपनि सिकाईलाई सुधार्न गर्न नसकिएको उहाँको भनाई छ ।

 

अहिले पनि ५० प्रतिशत बालबालिका अंग्रेजी, विज्ञान र गणित विषयमा फेल हुने गरेको भन्दै उहाँले सिकाईमा सुधार ल्याउन थप प्रयास आबस्यक रहेको बताउनुभयो । सिकाई उपलब्धी न्यूनहुदा १ देखी ३ सम्मका विद्यार्थीहरु शुद्ध सँग पढ्न सक्ने अबस्थामा नरहेको जानकारी दिनुभयो ।

 

आधारभुत तहमै बालबालिकाहरु कमजोर भएकै कारण राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । सिकाईमा सुधार ल्याउनका लागि नै जिल्लाका अन्तरपालिका बिच अनुभब आदानप्रदान गरिएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दाङका शाखा अधिकृत देवमणि चौधरीले आधारभुत तहमा ३ प्रतिशत बालबालिकालाई विद्यालयमा ल्याउन नसकिएको जानकारी दिनुभयो । दाङमा प्राबि तहमा ९७ प्रतिशत, निमाविमा ८४ र माविमा ६६ प्रतिशत भर्नादर रहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

दाङको शैक्षिक सुधारका लागि बाल विकास तहबाटै सुधारका योजनाहरु कार्यान्वयनमा ल्याएको पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीले बताउनुभयो । अब स्थानिय सरकारले शैक्षिक सुधारका लागि लगानी बढाउन र अभिभाबकलाई पनि सचेत पार्न आबस्यक रहेमो उहाँको भनाई छ । 

 

जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका युवराज दाहाल, शाखा अधिकृत कुमार बस्नेत, जिल्ला इकाईका उपसचिब रविन्द्र क्षेत्री लगाएतकाले शैक्षिक सुधारका लागि एकीकृत पहल आबस्यक रहेको बताउनुभयो । 

 

कार्यक्रममा जिल्लाका १० वटै स्थानिय सरकारका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सामाजिक विकास समिति र शिक्षा, युवा तथा खेलकुद शखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।। 
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन