ताजा खबर

अत्याधुनिक पेस्तोल सहित विरबहादुर पक्राउ

SITENAME


घोराही, ३१ भदौ /
दाङमा प्रहरीले अत्याधुनिक पेस्तोल र त्यसको ४ राउण्ड गोली सहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १५ बुद्धिग्यारेज नजिकैबाट एक थान पेस्तोल, एक थान म्यागजिन र ४ राउण्ड गोली सहित घोराही उपमहानगरपालिका १३ बडहराका २७ बर्षिय विरबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

अबैध हतियार बोकेर हिडिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाखमा खटिएका प्रहरीले  रा ४ प २४६६ नम्बरको मोटरसाईकल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, म्यागजीन र गोली सहित चौधरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरी चौधरीलाई हतियार सहित सार्वजनिक गरेको हो । पक्राउ परेका चौधरीका बारेमा अनुसन्धान भैरहेको र हातहतियार खरखजना मुद्धामा कार्वाही प्रकृया सुरु गरिएको प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिनुभयो ।

 

यसैबिच प्रहरीले प्रहरी बनाईदिन्छु भन्दै ठगि गर्ने एक जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा नगरपालिका १ चरीकोट घरभई हाल काठमाडौ पेप्सीकोला बस्ने ५० बर्षिय कालिबहादुर लामालाई ठगिको मुद्धामा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

 

सल्यान शारदा नगरपालिका ३ बडखोला बस्ने गणेश भण्डारी सहित ८ जना व्यक्तिहरुलाई नेपाल प्रहरीको जवान पदमा भर्ती गराईदिने भन्दै प्रति व्यक्ति २ लाख ५० हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा लामालाई काठमाडौबाट पक्राउ गरेर ल्याईएको एसपी शर्माले जानकारी दिनुभएको छ ।।
 

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार