ताजा खबर

युवा वैज्ञानिक मार्सल रोकाको गुणासो

SITENAME

 

जीतसागर जी.एम.

 

मार्सल रोका नाम उमेरले २५ वर्ष मात्रै भए तर उनिलाई सबैलै युवा वैज्ञानिक मार्सल रोका भनेर चिन्दछन् । नेपालमै पहिलो पटक तार रहित प्रविधिबाट करिब १० किलोमिटर सम्म सुन्न सकिने ट्रान्समिटर देखि सल्लाको खोटोबाट पेट्रोल बनाईसकेका मार्सले बनाएको अर्को सामान पम्पकन्ट्रोलर पनि निकै चर्चित छ । मार्सलले बनाएको ट्रान्समिटर र पेट्रोल भने अझै बजारमा आउन सकिरहेको छैन् ।

 

कक्षा ६ मा पढ्दै गरेको समयमा पहिलो पटक ताररहित प्रविधिबाट एक ठाँउ बोलेको अर्को ठाँउमा सुन्न सकिने प्रविधिको विकास गरेका युवा वैज्ञानिक मार्सल रोकाले सानै उमेरमा ठुलो सफलता प्राप्त गरेका छन् ।

 

एक ठाँउबाट बोलको अर्को ठाँउमा करिब १० किलोमिटर सम्म रेडियोको मिडवेब बैण्डमा सुन्न सकिने प्रविधि अर्थात ट्रान्समिटरको विकास गरेका रोकाले पछिल्लो समय ३९ प्रकारका प्राविधिक सामान बनाएका छन् । वि.स. २०६७÷२०६८ मा राष्ट्रिय विज्ञान प्रदर्शनीमा दुई पटक नै प्रथम भएका रोकालाई सरकारले युवा वैज्ञानिक पुरस्कार समेत प्रदान गरिसकेको छ ।

 

निकै फरक तर सकारात्मक सोच बोकेका युवा वैज्ञानिक रोकाले रेडियो सेटको एफ एम बैण्डमा करिब ८ किलोमिटर सम्म सुन्न सकिने प्रविधि पनि बनाएका छन् । पछिल्लो समय रोकाले नै बनाएको पम्पकन्ट्रोल बजारमा निकै माग बढेको छ । मानिसहरु पछिल्लो समय अत्यन्त व्यस्त हुने भएका कारण पानी ट्याङ्कीमा पानी मोटरबाट लगाएपछि कतिबेला पानी भरिएर खेर जाने थाहा हुँदैन् , ट्याङ्कीमा पानी भरिएको थाहा पाउन कि त ध्यान दिन प¥यो होइन भने पानी भरिएर खेर जाने, लगातार मोटर चल्ने भएका कारण मोटर पनि जल्ने सम्भावना बढी हुने , मोटर धेरै बेर चलेपछि विद्युतको पनि खपत पनि बढी हुने लगायतका समस्याबाट मुक्त पाउन पम्प कन्ट्रोलर बनाएको हुँ रोकाले भने ।

 

उनले बनाएको पम्पकन्ट्रोलरले पानी ट्याङ्कीमा पानी भरिएपछि मोटर अटोमेटिक बन्द हुने गर्दछ । जसले गर्दा समयको बचत, पानीको बचत, विद्युत खपतमा कमि आउने गरेको छ । रोकाले बनाएको पम्पकन्ट्रोलर बजारमा करिब ७ हजार बढी बिक्रि भईसकेको छ । बजारमा पम्पकन्ट्रोलरको माग बढ्दै गएको छ, यसलाई अन्तराष्ट्रिय बजारीकरण गर्न आवश्यक छ उनले भने । युवा वैज्ञानिक मार्सल रोकाले बनाएका अन्य थुप्रै प्रकारका वस्तुहरु पनि छन् तर सरकारी तवरबाट सहयोग नभएका कारण बजारमा आउन सकेका छैनन् ।

मैले बनाएका अन्य वस्तुलाई बजारकीरण गर्न सकिएको छैन् युवा वैज्ञानिक रोकाले भने । मार्सलले फोहोरबाट बिजुली उत्पादन गर्न सकिने प्रविधि, सल्लाको खोटोबाट बनाएको पेट्रोल लगाएतलाई सरकारले प्रमाणित दिन नसकेपनि आफैले बनाएको खोटोको तेलबाट एक वर्षसम्म मोटरसाईकल चलाएको अनुभव छ । करिब ३ वर्ष अघि देशमा जतिबेला नाकाबन्दी थियो त्यो समयमा पेट्रोलियम पदार्थको अभाव थियो, त्यो समयमा कृत्रिम रुपमा पेट्रोल बनाएर चमत्कार देखाएका रोकाले पट्रोलको प्रामाणित गर्नका लागि नासामा दिएका छन् तर सरकारी वेवास्ताका कारण अझै सम्म पनि अत्तोपत्तो छैन् ।

 

पट्रोलको प्रयोग गरेको छु जो राम्रो पनि छ तर जसलाई सरकारले कुनै चासो दिइएको छैन् उनले सरकारसंग दुखेसो पोखे । हामीले सरकारसंग असम्भव चिज मागेका छैनौँ तर सरकारले युवाको कामलाई प्रोत्साहन गर्न सकिरहेको छैन् उनले भने । सानो उमेरमा खोज अनुसन्धानमा ध्यान दिएका रोकाले भने –  सानोमा हुँदा निकै सानो कुरामा पनि चासो राखेर खोज अनुसन्धान गर्थे घरमा बुवाले क्यासेट प्लेयर ल्याउनु भएको थियो, मैले त्यसलाई सबै कोठामा सुन्नका लागि स्पिकरको खोजी गरेको थिएँ, त्यसपछि मैले खाजा खानका लागि छुट्याएको १० रुपैँया जम्मा गरेर कबाडबाट स्पिकरहरु लिएँ , त्यो थाहापाएर बुवाले छोरो अब कवाड खेर्ने भयो भनेर सामान पनि फालिदिनुभयो ।

 

तैपनि मैले आफ्नो इच्छालाई बिचमै मारिन , निरन्तर रुपमा अगाडी बढेँ , जब मलाई विद्यालयले निशुल्क पढाउन थाल्यो त्यसपछि बुवामम्मी खुशि हुनुभयो उनले भने, त्यसपछि पनि मैले बनाएका बस्तु उत्कृष्ट भए अनि बुवाआमा झनै खुसि हुनुभयो , अहिले निकै साथ पाईराखेको छु ।

 

उनले अर्को पनि सुनाए अध्ययन अनुसन्धानकै क्रममा ६० हजार नपाएकै कारण निरास पनि भएको थिएँ , जतिबेला अहिलेको ६० लाख जस्तै त्यो समय ६० हजार पाउन नसक्दा मैले प्राविधिक सामान बनाउन सकिरहेको थिएन् । सिक्दै जाँदा उनले विभिन्न आरोह अवरोह थुप्रै आएको भेटमा बताए । शुरुमा आफुले गरेको कामको पत्रिकामा आएपछि मलाई झन उर्जा थपेको थियो उनले भने ।

 

उनले थपे– मैले निजिस्तरबाट सहयोग नपाएको भए सायद म अहिले कहाँ हुन्थे थाहा छैन् । मलाई सरकारले सहयोग नगरेपछि निजिस्तरबाट निकै सहयोग मिलेको छ , जसका कारण म अघि बढ्न सहज भएको छ । मलाई रबिन पोखरेल दाईले साथ दिनुभयो र अहिले उहाँ संगको सहकार्यमा विभिन्न प्राविधिक सामान बनाईरहेका छौँ ।

 

उनले सरकारले अहिलेसम्म सरकारले पुरस्कार मात्र दिएर हुँदैन्, केहि गर्छु भन्ने युवाहरुलाई सरकारले साथ दिनुपनि पर्छ । उनले पछिल्लो समय स्थानिय सरकारसंग पनि धेरै गुणासा रहेको सुनाए,  स्थानिय सरकारले पनि मलाई उपेक्षा गरेको छ, कामलाई प्राथमिकता दिन नसकेको उनले बताए ।

 

स्थानिय सरकारले न लगानी गर्न सकेको छ , न त कामको उचित मूल्याङ्कन नै गर्न सकेको छ –उनले भावुक हुँदै भने । मैले त सरकारलाई देशभित्रै वैकल्पिक उर्जा बनाउन सकिन्छ भनेको छु तर सरकार सुनेपनि नसुने झैँ गरिरहेको छ उनले भने । केहि गरौँ भन्दा सरकारले न अनुमति दिन्छ न लगानी नै
 ।

मार्सलले नीजि क्षेत्रबाट साथ र सहयोग पाएको भन्दै २० जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको पनि बताए । घोराहीको सर्रा र घोराहीमा मेल्टा टेक्नोलोजीले उच्चस्तरका सामान उत्पादन गरेको भन्दै अव लगत्तै गोग्लीमा संचालनामा ल्याउने बताएका छन् ।।

प्रतिकृया दिनुहोस
SITENAME

अध्याँरोमा मोवाईल चलाउनेको ज्योति गुम्न सक्ने चेतावनी

रातको समयमा स्मार्टफोन तथा कम्प्युटर चलाइरहँदा तपाइँले महसुस गर्नुभएकै होला ती ग्याजेटको स्क्रिनबाट निलो प्रकाश निस्किने कुरा , भलै हामीहरु यस्तो

SITENAME

शौचालय सहितको सुविधा दिने गरी राप्ती यातायात सेवा प्रालि संचालनमा आउने÷प्रालिले ५ ओटा बस दाङ भित्र्यायो 

जीतसागर जी.एम. घोराही, २३ जेठ । शौचालय सहितको सुविधा दिने गरी दाङमा राप्ती यातायात सेवा प्रालि संचालनमा आउने भएको छ । प्रालिले यात्रुहरुको मागलाई

SITENAME

संसारकै सबैभन्दा सानो घर

वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा