ताजा खबर

पशुपंक्षीको अधिकार सुनिश्चितामा जोड

SITENAME


जीतसागर जी.एम.
घोराही, १८ असोज
पशुपंक्षीको अधिकारको सुनिश्चितामा मानवजातीको दायित्व भएको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । पशु सेवा बिज्ञ केन्द्र दाङले बिश्व पशुपंक्षी दिवसको अवसरमा आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीले यस्तो कुरामा जोड दिएका हुन् ।

 

कार्यक्रमका सहभागीले पशुपंक्षीको भोक, प्यास मेटाउन पाउने, आरामदायी बस्न पाउने, दुख, घाइते र रोग लाग्नबाट बच्न पाउने,  सामान्य व्यबहार प्रस्तुत गर्न पाउने अधिकार भएको भन्दै पशुपंक्षीलाई डरत्रास मुक्त बनाउनुपर्ने बताएका छन् । राज्यको समृद्धिमा पशुपंक्षिले करिब ५० प्रतिशत भाग ओगटेको भन्दै सहभागीले पशुपंक्षिको उचित पालनपोषण संगै पशुअधिकारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

 

पशु सेवा बिज्ञ केन्द्र दाङका प्रमुख डा. बेदबहादुर केसीले पशुपंक्षी दिवस २०७५ को कार्यपत्र प्रस्तुत गर्दै पशुपंक्षीको संरक्षण गर्नु मानब जातीको जिम्मेवारी भएको बताउनुभयो । पशुसेवा बिज्ञ केन्द्र दाङका प्रमुख केसीको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा प्रदेश सांसद अमरबहादुर डाँगी, दामा शर्मा, घोराही उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख सिता सिग्देल न्यौपाने, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाललगायतले बोल्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार