ताजा खबर

हाइस र ट्रक ठोक्किदा ६ जनाको मृत्यु अपडेट.....

SITENAME


घोराही, २० असोज
दाङबाट नेपालगञ्ज जाँदै गरेको हाईस बस बाँकेको अगैयाँ जंगलमा दुर्घटना हुदा ६ जनाको मृत्युभएको छ । तुलसीपुरबाट नेपालगंजका लागि छुटेको रा १ख १६६२ नम्बरको हाइस र नेपालगञ्जबाट लमही तर्फ आउदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोलाको नजिक अगैया जंगलमा ठोकिदा हाइसमा सवार ६ जनाको मृत्युभएको हो ।

 

एउटै दिशा तर्फ गईरहेको बसलाई उछिन्न खोज्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । घटना स्थलमा ४ जनाको र उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा थप दुई जनाको मृत्युभएको छ । 

 

अस्पतालमा मृत्युहुने भएका शान्तिनगर गाउँपालिका ७ का तुल्सी रावत र तुलसीपुर उपमहानगरपालिका ९ की शान्ति चौधरी परिचय खुलेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । एक जनाको अझै परिचय खुल्न सकेको छैन । 

 

यस्तै तुलसीपुर ५ निवासी ५० बर्षीय नारायणी शिरिस, हाइस चालक तुलसीपुर ७ निवासी ३३ बर्षीय सुगने चौधरी र सल्यान शारदा नगरपालिका—५ की दोर्णा बुढाथोकीको परिचय खुलेको प्रहरीले जनाएको छ । उनीहरुका आफन्त कोही नआएका कारण सनाखत गर्न बाँकी रहेको छ ।

 

दुर्घटनामा परी १७ जना घाईते भएको बाँके प्रहरीले जानकारी दिएको छ । उनीहरुको कोहलपुर मेडिकल कलेजमा भइरहेको जनाइएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

सल्यानमा वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड 

सल्यान ६ कार्तिक । वर्ल्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोट स्थीत टावरमा तोडफोट भएको छ । गएराती वर्ल्ड लिंक इन्टरनेटको

SITENAME

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

लमही, ६ कार्तिक । दाङको  लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई

घोराही, ३१ असोज घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक