ताजा खबर

बिश्वास जितेर उपचार सेवामा सुधार ल्याउनुस : नगर प्रमुख चौधरी

SITENAME


घोराही, २० असोज / 
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनताको बिश्वास जितेर उपचार सेवामा सुधार ल्याउनु पर्ने बताउनुभएको छ । प्रतिष्ठानले सुरु गरेको बृहत स्वास्थ्य शिबिरको निरिक्षण गर्दै उपचार सेवा प्रभाबकारी गराउनु नै अहिलेको आबस्यक भएको बताउनुभयो ।

 

उपचार सेवा प्रभाबकारी बनाउदै, बिषेशज्ञ सेवालाई बढवा दिन र रिफर दरलाई घटना प्रतिष्ठानले पहिलो चासो देखाउन आग्रह गर्नुभयो । उपचार पाएनौ भन्ने अबस्था आउन नदिने गरी उपचारका जुटन र सेवाभाबले काममा समर्पित हुने गरी सेवा प्रबाह गर्न उहाँले पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

 

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. संगिता भण्डारीले अस्पतालको बस्तु स्थिती बुझ्दै गरेको भन्दै जनतालाई सन्तुष्टि र रोग निको पारेर मात्रै फर्काउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

 

कुनै पनि बहानामा उपचार पाएनौ भन्ने गुनासो आउन नदिने गरी व्यवस्थापिक काम गर्ने भन्दै उहाँले प्रतिष्ठानको काममा आबस्यक सहयोग गर्न समेत उपमहानगरपालिका प्रमुख चौधरी सँग आग्रह गर्नुभयो । 

 

यसैविच व्रिटेनबाट आएका डाक्टरहरुले उपहार स्वरुप ल्याएका ३ सय पिस बच्चा जन्मे पछि आबस्यक पर्ने सामानहरु प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । 

 

उक्त सामाग्रिहरु घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई व्रिटेनबाट आएका चिकित्सकहरुले हस्तान्तरण गर्नुभयो ।ति सामाग्रिहरु गाउँ स्तरका स्वास्थ्य चौकीहरुमा पु¥याईने उपकूलपती डा. संगिता भण्डारीले जानकारी दिनुभयो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

सल्यानमा वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड 

सल्यान ६ कार्तिक । वर्ल्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोट स्थीत टावरमा तोडफोट भएको छ । गएराती वर्ल्ड लिंक इन्टरनेटको

SITENAME

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

लमही, ६ कार्तिक । दाङको  लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई

घोराही, ३१ असोज घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक