ताजा खबर

मंसिर अन्तिम साता नवलपुर कप फुटबल हुने

SITENAME


घोराही, २० असोज /
आगामी मंसिरको अन्तिम साता दाङको घोराहीमा केशरसिंह श्रेष्ठ स्मृती आमन्त्रण फुटबल प्रतियोगिता नवलपुर कप २०७५ हुने भएको छ । नवलपुर युवा क्लव घोराही उपमहानगरपालिका १८ ले आयोजना गर्ने उक्त प्रतियोगिता मंसिर २७ देखी पुस ७ गते सम्म चल्ने भएको हो ।

 

प्रतियोगिता आयोजक नवलपुर युवा क्लवले आज घोराहीको म्याङगो गार्डेनमा पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारेमा जानकारी दिएको हो । अष्ट्रेलियमामा बस्दै आउनुभएका खेल प्रेमी सुबास श्रेष्ठले प्रतियोगिताका लागि प्रत्येक बर्ष ५ लाख रुपैयाँ दिने भएपछि क्लवले श्रेष्ठका हजुर बुवा स्वर्गिय केशरसिंह श्रेष्ठको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष दिपक पुनले जानकारी दिनुभयो ।

 

केशरसिंह श्रेष्ठको २०४४ सालमा खेलाडीलाई लिएर रोल्पा जाने क्रममा दुर्घटनामा परि मृत्युभएको थियो । प्रतियोगितामा दाङका ७ र रोल्पाका एक गरि आठ टिमको सहभागिता रहने भएको छ ।

 

तुलसीपुरका स्पोर्ट स्कुल फुटवल एकेडेमी, सक्सेस फुटबल क्लव, नारायणपुरको न्यू स्टार फुटबल एकेडेमी, घोराहीको युएनबिसी, किसान जागृती युवा क्लव, राप्ती क्लव र आयोजक नवलपुर युवा क्लब र रोल्पाको सन स्टार युवा क्लवले प्रतिस्पर्धा गर्ने छन् ।

 

प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड र प्रमाणपत्र, दोस्रो हुनेलाई २५ हजार ५ सय २५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै सेमिफाइनलमा प्रबेश गर्नेलाई पाँच पाँच हजार रुपैयाँ प्रदान गरिने भएको छ । 

 

क्लवका अध्यक्ष दिपक पुनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ब खेलाडी केदारराज श्रेष्ठ, क्लवका उपाध्यक्ष कुमानन्द आचार्य लगाएतकाले खेलका बारेमा जानकारी दिनुभएको थियो भने सहजिकरण पत्रकार नरेन्द्र केसीले गर्नुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस

स्वर्ण पदक बिजेता नेपालीलाई भोली अभिनन्दन गरिदै 

घोराही, १८ कार्तिक / भारतमा सम्पन्न भएको बिश्वकप च्याम्पीयनसीप युनिफाइट मार्सल आर्ट प्रतिष्पर्धामा स्वर्ण पदक बिजेता दाङका कृष्ण नेपालीलाई भोली

युनाईटेडलाई तरुण कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत/ तुलसीपुर, २४  असोज / दाङ तुलसीपुर अरनीको मैदानमा सम्पन्न जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ को उपाधी युनाईटेड युथ क्लब

SITENAME

नेपालसँग मलेसिया १९ रनले पराजित 

घोराही, १६ भदौ । एसिया कप छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ । लगातार २ खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले हराएको हो ।