ताजा खबर

प्रतिष्ठानमा बृहत स्वास्थ्य शिबिर सुरु, ६७ जना डाक्टरहरुबाट स्वास्थ्य जाँच

SITENAME


घोराही, २० असोज
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिने बृहत स्वास्थ्य शिबिर सुरुभएको छ । एक साता पहिले राप्ती उपक्षेत्रिय अस्पताल हस्तान्तरण पछि सेवा सञ्चालन गरेको प्रतिष्ठानको आयोजना, रोटरी क्लव अफ दाङ र रोटरी क्लव अफ मञ्जुश्री जाउला खेलको सह आयोजनामा आज र भोली दुई दिन बृहत स्वास्थ्य शिबिरको आयोजना गरिएको हो ।

 

मुट, मृगौला, पाठेघरको मुख र स्तन क्यान्सर, आँखा, दन्त, नाक, कान र घाँटी रोग सम्बन्धि जाँच तथा उपचारहरु सुरु गरिएको अस्पतालका निर्देशक प्राध्यापक डा. ऋतु बरालले जानकारी दिनुभयो । बृहत स्वास्थ्य शिबिरमा ६७ जना डाक्टरहरु मात्रै जाँच तथा उपचारमा संलग्न रहेका छन् भने अन्य स्वास्थ्यकर्मीहरु समेत संलग्न भएका छन् ।

 

शिबिरमा सैया बिरामीहरुले उपचार सेवा लिईरहेका छन् । शिबिरमा ३५ जना डाक्टरहरु जिल्ला बाहिर बाट आएका छन भने केही बिदेशी डाक्टर समेतरहेका छन् । शिबिरमा विपन्न तथा अति गरिवलाई निशुल्क औषधी समेत बितरण भैरहेको निर्देशक डा. बरालले जानकारी दिनुभयो । 

 

शिबिरमा रोटरी क्लव अफ दाङले देउराली जनता तथा टाईम फर्मा सिटीको सहयोगमा साढे २ लाख रुपैयाँ बराबरको औषधी उपलब्ध गराएको छ । 

 

त्यसैगरी रोटरी क्लवले खानेपानी, टेन्ट, कुर्सी सहित ६० जना रोट्रयाक र इन्ट्रयाक क्लवका स्वयसेवकहरु परिचालन गरेर सहयोग गरिएको रोटक क्लव अफ दाङका अध्यक्ष डा. निरन्जन आचार्यले जानकारी दिनुभएको छ । 

 

रोटरीले औषधी सहित अन्य गरी करिब साढे ३ लाख रुपैयाँ बराबरको सहयोग गरिएको डा. आचार्यको भनाई छ । रोटरीले किसान ट्रेडिङ, राप्ती क्रसर तथा बालुवा उद्योग व्यवसायी संघ सहितका संस्थाहरु सँग समन्वय गरि शिबिरमा सहयोग गरेको हो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

सल्यानमा वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड 

सल्यान ६ कार्तिक । वर्ल्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको कपुरकोट स्थीत टावरमा तोडफोट भएको छ । गएराती वर्ल्ड लिंक इन्टरनेटको

SITENAME

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

लमही, ६ कार्तिक । दाङको  लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७

डिभाईन युथ क्लवद्धारा निशुल्क खानेपानी वितरण तथा मन्दिरमा सरसफाई

घोराही, ३१ असोज घोराहीको अम्बिकेश्वरी मन्दीरमा आउने भक्तजनलाई डिभाइन युथ क्लब घोराहीले निशुल्क खानेपानी वितरण गरेको छ । विभिन्न समयमा सामाजिक