ताजा खबर

पत्रकारीताको रक्षा भएमात्रै लोकतन्त्र बलियो हुने  ः नेता गिरी

SITENAME


घोराही, २२ असोज

नेपाली कांग्रेसका नेता दिपक गिरीले लोकतन्त्रको रक्षाका लागि पत्रकारितालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङको सातौँ अधिबेशनमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

 

पुर्ब सिँचाई मन्त्री समेत रहनुभएका पत्रकारिताले जनताका अभिव्यक्तिलाई प्रष्फुटित गराएको भन्दै पत्रकारिता क्षेत्रलाई कमजोर बनाउन नहुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेता गिरीले देशमा भएका बिभिन्न परिबर्तनमा प्रेसले अहम भुमिका खेलेको भन्दै पत्रकारको रक्षाका लागि राज्य गम्भिर बन्नुपर्ने बताउनुभयो ।

 

त्यस्तै कार्यक्रममा पुर्व सांसद राजु खनालले संचार तथा प्रेस जगत नागरिकको अभिव्यक्ति भएको बताउनुभयो । पत्रकारले नागरिकलाई सुसुचित बनाएको भन्दै उहाँले सकारात्मक र सहि सन्देश जनतामा पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशिल बस्नेतको अध्यक्षतामा अधिबेशन भएको हो ।

 

युनियनका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कांग्रेस नेता बुद्धीराम भण्डारी, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष बिपुल पोखरेल, दाङका अध्यक्ष सबिन प्रियासन, निबर्तमान अध्यक्ष सुदिप गौतम, सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, अको¥याबका प्रदेश नम्बर संयोजक केपी घिमिरे, दलित अधिकारकर्मी निर्मल नेपाली, प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर, प्रेस सेन्टरका कार्यबहाक अध्यक्ष प्रकाश चौधरीले बोल्नुभएको थियो ।  

 

त्यस्तै प्रेस युनियनका संस्थापक मुरारी शर्मा, प्रजातान्त्रिक उद्योग व्यबसायी तुलसीपुरका अध्यक्ष जनक खराल, नेपाल तरुण दलका जिल्ला सदस्य धुव्र आचार्य, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष सुष्मा गिरी, ललितजंग शाहलगायतले बोल्नुभएको थियो । कार्यक्रममा युनियनले बिभिन्न व्यक्तिलाई नगद तथा सम्मानपत्रले सम्मान पनि गरेको छ । उदघाटन कार्यक्रमको सहजीकरण पत्रकार बालाराम खड्काले गर्नुभएको थियो ।

 

यसैबीच अधिबेशनले सन्तोष सुबेदीको अध्यक्षता २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको खुल्ला सदस्यमा नारायण खड्का, समाबेशी उपाध्यक्षमा देब यादव, सचिबमा आरके सितल, कोषाध्यक्षमा प्रकाश डाँगी, सहसचिबमा शिबराज खनाल र सपना बोहरालाई चयन गरिएको छ ।।

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार