ताजा खबर

कुसुण्डा जातीको चिनारीका लागि बृत्तचित्र निर्माण हुने 


घोराही, २३ असोज / लोपोन्मुख अबस्थामा रहेका कुसुण्डा जातीमा आधारित बृत्तचित्र निर्माण हुने भएको छ । भाषा आयोग संखमुलको आयोजनामा कुसुण्डा जातीमा आधारित बृत्तचित्र निर्माण हुने भएको हो । भाषा आयोगले पहिलो पटक जातीमा आधारित बृत्तचित्र निर्माण गर्न लागेको हो । 

 

त्यसका लागि भाषा आयोगले बृत्तचित्र निर्माणका लागि पुर्ब तयारी गरीरहेको आयोगका प्राबिधीक सहायक ओबिराम रोका मगरले जानकारी दिनुभएको छ । २०६८ को जनगनणा अनुसार नेपालमा कुसुण्डाको जनसंख्या २७३ रहेको छ । 

 

बृत्तचित्रमा कुसुण्डा जातीको दैनिक जीवनीदेखि भाषा, कला, सस्कार, सस्कृतीलाई समेटिने छ । यस्तै कुसुण्डा जातीको भाषाको बिकासक्रमको अबस्था, उनीहरुको दैनिक जीवनमा प्रयोग हुने सामग्री, कुसुण्डा जातीसंग जोडिएका निकायसंग कुराकानी गरेर बृत्तचित्र निर्माण गर्ने तयारी गरिएको रोका मगरले जानकारी दिनुभएको छ । 

 

कुसुण्डा जातीले आफ्नो भाषा, कला, सस्कृती, सस्कारलाई भुल्दै गएको अबस्थामा भाषा आयोगले त्यसलाई जिवित राख्नका लागि यस्तो तयारी गर्न लागेको रोका मगरले जानकारी दिनुभएको छ । त्यसका लागि कुसुण्डा जाती बसोबास गर्ने स्थान तथा जातीको बाहुल्यता रहेको क्षेत्रको अध्ययन भइरहेको छ ।

 

यसैबीच भाषा आयोगले पहिलो पटक कुसुण्डा भाषा अध्यापन गराउने भएको छ । भाषा आयोगले दाङमा तीन महिने कुसुण्डा भाषा कक्षा सञ्चालन गर्ने तयारी गरेको हो । त्यसका लागि कुसुण्डा भाषाका अध्यता उदय आलेलाई जिम्मेवारी दिइएको छ ।।
 

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार