ताजा खबर

पत्र मन्जुसा खाली हुँदै इनबक्स भरिँदै

SITENAME


जीतसागर जी.एम.
घोराही, २५ असोज

चिठ्ठी आएन, चिठ्ठी आएन ।

मेरो मायालुको मलाई चिठ्ठी आएन ।।

चिठ्ठी आएन, चिठ्ठी आएन ।

मेरो जीन्दगीको मलाई चिठ्ठी आएन ।।

गायिका कविता कृष्णामुर्तीले स्वर दिएको प्रस्तुत गितले भनेझैँ कुनै समय चिठ्ठी प्राप्त गर्न लामो समय पर्खनुपथ्र्यो र आफ्नो मायालुलाई हृदय भित्रका कुराहरु चिठ्ठीमै लेखेर पठाईन्थ्यो । यहाँ आफ्नो मायालुको खबर मात्रै हैन घर भन्दा टाढा रहेका जो कोही आफन्तको सन्चो बिसन्चो खबर पाउन महिनौँ दिन लगाएर चिठ्ठी प्राप्त गर्ने समय थियो कुनै बेला ....।


 अझ भनौँ घर भन्दा टाढा रहेका प्रदेशी छोरा, छोरी, श्रीमान, बावा तथा आफन्तको सन्चो बिसन्चो पाउनका लागि चिठ्ठी बोक्ने हुलाकी दाई घर आँगनीमा आउँदा कसका बुवाआमा तथा आफन्त खुशी हुँदैन थिए होला र ?

 

तर समय उस्तै रहेन.............. केहि वर्ष अघि छोराको खबरको लागि चिठीको पर्खाईमा हुने बाबा आमा हिजो आज छोरासंग फोनमा कुरा गर्न पाँउदा मख्ख हुनुहुनुहुन्छ । प्रदेशमा रहेका श्रीमानले सामाजिक संजालमा राखेका तस्वीर देख्न पाउँदा स्वदेशमा रहेकी श्रीमती मख्ख छिन् । पछिल्लो समय  प्रविधिको विकास संगै सन्चो बिसन्चो खबर प्राप्त गर्ने तथा खबर दिने माध्यमहरु फेरिँदा चिठ्ठी पत्रको आदान प्रदानमा कमि आएको छ ।

 

अब सुख दुखको खबर आफन्त सामाजिक संजाल तथा मोवाईलको माध्यमबाट छिनभरमै पाउन सकिने भएपछि आफन्त खबर पाउनका लागि हुलाकी दाई आउने बाटो हेर्नुपर्ने बाध्यता छैन् । कुनै समय चिठीपत्रले भरिने पत्र मञ्जुसा खाली हुँदै गएका छन् भने फोन तथा सामाजिक संजाल र इमेल इन्टरनेटका इनबक्स भरिन थालेका छन् ।

 

पत्र आदान प्रदान गर्ने जिम्मेवारी पाएको हुलाकले भने व्यक्तिगत चिठ्ठीपत्र आदानप्रदानमा कमि आएपनि सरकारी कार्यालय तथा विभिन्न संघ, संस्थाका चिठ्ठी पत्र आदान–प्रदान कमि नआएको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले बताए ।

 

पनि प्रविधि तथा इमेल, इन्टरनेटको विकास संगै आफ्ना सेवालाई बिस्तार गर्न थालेको छ–कार्यालय प्रमुख बस्नेतले बताए ।  कार्यालयका प्रमुख बस्नेतका अनुसार अहिले दैनिक करिब ६०÷७० वटा चिठीपत्र आदान प्रदान हुने गरेका छन् । चिठी आदान प्रदानका लागि दाङमा जिल्ला हुलाक कार्यालय र १४ ओटा ईलाका हुलाक कार्यालय रहेका छन् । जिल्लामा चिठी आदानप्रदानका लागि हुलाकमा करिब १ सय ८१ कर्मचारी रहेका छन् ।

 

 हुलाक कार्यालयमा रहेका कर्मचारी मध्ये ६२ जना स्थायी र १ सय १९ जना करार र अतिरिक्त कर्मचारी रहेको प्रमुख बस्नेतले बताए । चिठी पत्र आदान प्रदानमा कमि आएपनि हुलाक कार्यालयले चिठीपत्र आदान प्रदान संगै पत्रपत्रिका, रेडियो र केबल नविकरण, धनादेश सेवा, पोष्टबक्स सेवा दिने गरेको उनले बताए । उनले भने– हामीले चिठी पत्र आदानप्रदान संगै जिल्लाका सरकारी कार्यालयले सुचना अधिकारी तोके नतोकेको, प्रत्येक सरकारी कार्यालयले ३÷३ महिनामा सार्वजनिक गर्नुपर्ने कार्यप्रगति गरे नगरेको अनुगमन गर्ने गरेका छौँ ।

 

जिल्ला हुलाक कार्यालय दाङले बितेको वर्षमा असार मसान्त सम्म ३० हजार ९ सय ३९ अन्य स्थानबाट प्राप्त रजिष्ट्रेशन चिठीपत्र आदान प्रदान गरेको छ । त्यस्तै जिल्लामा रजिष्ट्रेशन दर्ता गरेका चिठीपत्र ८ हजार ८ सय ५६, जिल्ला बाहीर रजिष्ट्रेशन गरेका ३५ हजार ७३ , अन्य स्थानबाट दु्रत चिठी १ सय १३, जिल्लामा दु्रत रजिष्ट्रेशन पत्र १८ , साधारण चिठी २१ हजार ९ सय ८३, जिल्ला बाहीर पठाएका चिठीपत्र ४ हजार ७ सय ९० , अन्य स्थानबाट प्राप्त गरेका ३८ हजार ६ सय ४ पत्रपत्रिका आदान प्रदान गरेको छ । त्यस्तै हुलाक कार्यालयले ५ हजार २ सय १० पत्रपत्रिका जिल्ला बाहीर पठाएको प्रमुख बस्नेतले जानकारी दिए । त्यस्तै हुलाक कार्यालयले ११६ पार्शल बितरण गरेको छ ।

 

करिब ५७ लाख राजश्व संकलन

जिल्ला हुलाक कार्यालय दाङले आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न शिर्षकमा ५६ लाख ७५ हजार १ सय ८१ राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै हुलाक टिकट बिक्रिबाट ४२ लाख ९३ हजार ९ सय ६५ राजश्व संकलन भएको छ ।

 

त्यस्तै केबुल रोयल्टीबाट ३ लाख ८७ हजार ६६, एफ रेडियो नविकरणबाट २ लाख ६४ हजार ५०, घर बहालबाट २ लाख ४२ हजार ७ सय ६७, रेडियो रोयल्टी बाफत १ लाख ६८ हजार ७ सय ६६, काउन्टर मेसिनबाट १ लाख ९५ हजार ७ सय ३ , केवुल नविकरणबाट ४२ हजार ५ सय, रेडियो लाईसेन्स नविकरणबाट ३७ हजार २ सय, टेलिसेन्टरबाट २१ हजार ३ सय ७४, पार्शलबाट १८ हजार ७ सय ३५, पत्रिका नविकरणबाट १५ सय ५५ र अन्य प्रशासनिक सेवा शुल्कबाट १५ सय राजश्व संकलन गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस

रेडियो मध्यपश्चिमको १४ औँ साधारणसभा

घोराही, २२ मंसिर.  दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ बार्षिक

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार

SITENAME

रेडियो मध्यपश्चिम एफएम संचालक समितिको अध्यक्षमा गौतम चयन

घोराही, २२ मंसिर । रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जको संचालक समितिको अध्यक्षमा शुुसिल गौतम चयन हुुनुुभएको छ ।  दाङ सूचना तथा सञ्चार